बलिउड अभिनेता सलमान खान र एनसीपी नेता जिशान सिद्दिकीलाई मार्ने धम्की दिएको आरोपमा मुम्बई प्रहरीले उत्तर प्रदेशको नोएडाबाट एक २० वर्षीय युवकलाई पक्राउ गरेको छ ।
समाचार एजेन्सी पीटीआईले एक अधिकारीलाई उद्धृत गर्दै सलमान र जिशानलाई हत्याको धम्की दिएको आरोपमा मोहम्मद तैयब नामका युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
समाचार एजेन्सीले निर्मल नगर प्रहरी स्टेसनका एक अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘सिद्दीकी र सलमान खानलाई जिशान सिद्दिकीको हेल्पलाइन नम्बरमा फोन गरेर ज्यान मार्ने धम्की दिइएको थियो ।’
आरोपितलाई थप अनुसन्धानका लागि मुम्बई ल्याइएको उनले बताए ।
जिशान सिद्दिकीका पिता बाबा सिद्दिकीको हालै मुम्बईको बान्द्रा इस्टमा गोली हानी हत्या गरिएको थियो ।
करिब ४८ वर्ष कंग्रेसमा रहेका बाबा सिद्दिकी यसै वर्ष फेब्रुअरीमा एनसीपी (अजित पवार गुट) मा प्रवेश गरेका थिए ।
बाबुको हत्यापछि उनका छोरा जिशान पनि केही दिनअघि मात्र कंग्रेस छाडेर एनसीपी प्रवेश गरेका हुन् ।

263 पटक हेरिएको 

