पाकिस्तानकी गायिका बलोचलाई बसेकै ठाउँमा भालुले गर्‍यो आक्रमण

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  Manaslu Post  98 पटक हेरिएको

पाकिस्तानकी प्रसिद्ध गायिका कुर्रातुलाइन बलोच भालुको आक्रमणमा घाइते भएकी छन् ।

बिहीबार राति, उनी गिलगिट-बाल्टिस्तानको प्रसिद्ध देओसाई राष्ट्रिय निकुञ्जमा आफ्नो टोलीसँग क्याम्पिङ गरिरहेकी थिइन् ।

उनी आफ्नो पालमा थिइन्, अचानक एउटा ठूलो हिमालयन खैरो भालु उनको पालमा पस्यो ।

जब उनी ठूलो स्वरमा चिच्याइन्, उनका कर्मचारी, वन्यजन्तु अधिकारीहरू र केही होटल कर्मचारी तुरुन्तै त्यहाँ पुगे ।

त्यहाँ उपस्थित एक वन्यजन्तु अधिकारी र गिलगिट-बाल्टिस्तान सरकारले बीबीसी उर्दुलाई बताएअनुसार गायिकाको हातमा चोट लागेका छन् ।

वन्यजन्तु अधिकारीका अनुसार, भालु आक्रमण गरेपछि तुरुन्तै भाग्यो ।

घटनास्थलमा पुगेका एक अधिकारीले भने, ‘कुर्रातुलाइन धेरै साहसी छिन् र भालु देखेपछि उनी बेहोस भइनन् ।’

उनले थपे, ‘यो २०० किलोग्रामभन्दा बढी तौलको भोको भालु थियो। यदि उनी बेहोस भएकी भए अवस्था अझ खराब हुन सक्थ्यो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार