आज इद उल फित्र पर्व, घरघरमै नमाज पाठ गरी मनाइँदै

काठमाडौं : अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन आज देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन्। दशौँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने च...

९० यात्रु चढेको विमान पाकिस्तानमा दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँचीमा एक विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटनामा परेको हो । घटनास्थलमा धुवाँ उडेको देखिएको थियो । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन । पाकिस्तानमा कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउन खुला गरेर उडान सुरु हुन थालेका थिए । https://www.youtube.com/watch?v=I3...

भारत र बंगलादेशमा सुरु भयाे शक्तिशाली अम्पुन चक्रवात: ठूलो हावाहुरी र वर्षा

बंगालको खाडीमा विकसित अम्पुन नामको शक्तिशाली समुद्री आँधी (चक्रवात) का कारण अहिले पूर्वी भारत र बंगलादेशमा ठूलो हावाहुरीसहित वर्षा भइरहेको छ। भारतीय मौसमविद्का अनुसार अब केही घण्टामा भारत र बंगलादेशबीचको तटीय क्षेत्रको जमिनमा त्यो चक्रवात ठोक्किनेवाला छ। चक्रवात आउने सम्भावित क्षेत्रमा दुवै देशले लाखौं मानिसलाई सारिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अम्पुन अहिले दिउँसोदेखि साँझसम्ममा...

कोरोना भाइरस खोपको पहिलो मानवीय परीक्षण सकारात्मक, बढायो रोग प्रतिरोधक क्षमता

कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले रोग प्रतिरोधक क्षमता वृद्धि गरेको उत्पादक कम्पनीले जनाएको छ। पहिलो चरणमा आठ जना स्वस्थ व्यक्तिमा गरिएको परीक्षण नतिजा सोमबार सार्वजनिक गर्दै उत्पादक कम्पनी मोडर्नाले भनेको छ, ‘आठ जना स्वस्थ स्वयंसेवीहरूमा गरिएको परीक्षणबाट यो खोप सुरक्षित देखिनुका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको छ।’ कम्पनीले गत मार्च महिनाबाट खोपको मानवीय परी...

युट्युबमा कोरोना आतंक, ६ करोडले हेरे गलत सामग्री

युट्युबमा सबैभन्दा धेरै हेरिएका कोरोना भाइरससम्बन्धी भिडियोमध्ये एक चौथाइ भिडियोका सामग्रीहरू गलत तथा भ्रामक रहेको एक अध्ययनले देखाएको छ । अध्ययनअनुसार, त्यस्ता गलत तथा भ्रामक भिडियोहरू समग्रमा ६ कोड २० लाखभन्दा धेरैपटक हेरिएको छ । युट्युबमा रहेका कतिपय त्यस्ता भ्रामक भिडियोहरूमा औषधि उत्पादक कम्पनीहरूले कोरोना भाइरसको खोप बनाइसकेको तर बेच्नका लागि अस्वीकार गरिरहेको दाबी गरिएको छ । सरकारी...

विश्वभर नै घट्दै काेराेनाबाट हुने मृत्युदर

विश्वभर नै कोरोना संक्रमणबाट हुने मृत्युदर घट्दै गएकाे छ। गएको २४ घण्टामा विश्वभर यसको संक्रमणबाट ३२ सय ७९ को मात्रै मृत्यु भएको छ। संक्रमितको संख्या पनि तुलनात्मक रुपमा घट्न थालेको छ। संक्रमणबाट आक्रान्त अमेरिका, बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका देशमा विगत केही दिनदेखि मृत्यु हुनेको संख्या घट्न थालेको वर्ल्डओमिटरले जनाएको छ। गएको २४ घण्टामा अमेरिकामा यसको संक्रमणबाट ९ सय ९९ जनाको मा...

कोरोनाको विषयमा अध्ययन गरिररहेका चिनियाँ प्राध्यापकको अमेरिकामा गोली हानी हत्या

 काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को विषयमा अध्ययन गरिररहेका चिनियाँ प्राध्यापक बिङ लीको अमेरिकामा गोली हानी हत्या भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक प्राध्यापक रहेका ३७ वर्षीय ली शनिबार आफ्नै घरमा मृत भेटिएका थिए । स्थानीय प्रहरीका अनुसार एक बिङ लीको टाउको, छाती, हात खुट्टा र गर्दनमा गोली लागेको छ । प्रहरीका अनुसार ४६ वर्षीय सफ्टवेयर इन्जिनियर हाउ गुले उनको गो...

सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी

काठमाडौं । लगभग २० दिनसम्म अचनक गायब भएका उत्तर कोरियाली नेता किम जोङ उन अचानक २ मेमा एक सार्वजनिक कार्यक्रममा देखा परेका थिए । उत्तर कोरियाली सरकारले उनी सार्वजनिक कार्यक्रममा देखिएपछि किम स्वस्थ रहेको दाबी गर्दै आएको थियो । तर अहिले एक नयाँ जानकारी बाहिरिएको छ । २ मेमा सार्वजनिका कार्यक्रममा उपस्थित भएका ति व्यक्ति किम जोङ उन नभएर उनको नक्कली रुप भएको कुरा बाहिरिएको छ । उनले आफ्नो अर्का...

कुवेत, साउदी अरब र मलेसियाबाट ३५ हजार बढी श्रमिक फर्किंदै

विदेशमा अवैधानिक रुपमा बसिरहेका नेपाली फर्काउने तयारी भएको छ। सम्बन्धित देशले नै त्यहाँ रहेका नेपालीलाई फर्काइदिन लागेका हुन्। कुवेत, साउदी र मलेसियाले यसका लागि प्रक्रिया सुरु गरिसकेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। श्रम रोजगार पत्रकार समूहले सोमबार गरेको भिडियो कन्फ्रेन्समा मन्त्री ज्ञवालीले सम्बन्धित देशले नै श्रमिक ल्याइदिन्छु भनेकाले यसका लागि समन्वय गरिरहेको जानकारी दिए। यी दे...

भेनेजुयलाको जेलमा झडप, ४६ को मृत्यु

काठमाडौं ।  भेनेजुयलामा झपड हुँदा ४६ जनाको मृत्यु भएको छ । भेनेजुयलाको पश्चिमी राज्य पोर्टुगुएसाको जेलमा भएको यो झडपमा थप ६० जना घाइते भएका छन् । अधिकारीवादी समुह र विपक्षी सांसदले यो घटनाको पुष्टि गरेका हुन् । यो घटना गत शुक्रबार भएको हो । भेनेजुयलाकी जेलमन्त्री आइरिस भरेलाले कैदीहरुले जेलबाट भाग्ने प्रयासपछि यो झडप भएको बताएकी छिन् । उनका अनुसार यो झडपको क्रममा जेलका निर्देशकलाई पनि गोली लागे...