खुल्ला मञ्च काठमाडौंमा ३ दिन भूमे पर्व मनाइदै

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  45 पटक हेरिएको


काठमाडौ । काठमाडौंको खुल्ला मञ्चमा यहीँ असार १ देखि ३ गतेसम्म भब्य रुपमा मगर समुदायको राष्ट्रिय सांस्कृतिक चाड भूमे पर्व – २०८३ मनाइने भएको छ।

मगर समुदायले मनाउने यो पर्व राजधानीको खुल्ला मञ्चमा भब्य रुपमा मनाउन लागिएको हो । भूमे पर्व संरक्षण नेपाल, केन्द्रीय समितिको आयोजना, अन्तर्राष्ट्रिय मगर महासंघ र नेपाल मगर संघको संरक्षकत्वमा खुल्ला मञ्चमा ३ दिन सम्म भूमे पर्व मनाउन लागिएको भूमे पर्व संरक्षण नेपालका केन्द्रीय अध्यक्ष बागलाल बुढा मगरले बताए ।

कार्यक्रममा नेपाल भरबाट मगर समुदायका मानिसहरुको उपस्थिति भइ मगर समुदायको संस्कृती विश्वमाझ झल्काइने उपाध्यक्ष हर्क बहादुर घर्ती मगरले बताए । साथै, उनले विश्वभर छरिएर रहेका मगर सुदायहरुलाई आ–आफ्नो स्थानमा यस पर्वलाई भब्य रुपले मनाउन आह्वन समेत गरेका छन् ।

मगर समुदायले भूमे पर्वलाई प्रत्येक वर्ष वर्खा सुरु भएसँगै असारको पहिलो साता प्रकृति पूजाको रुपमा मनाउने गर्दछन ।

पर्वमा मगर समुदायको मौलिक पहिचान बोकेको भूमे नाच र मगरको पहिचान झल्किने पोशाकमा सजिने गर्दछन ्।

महिला गुन्यौँ चोली, पटुका र पछ्यौरामा सजिने छन् भने पुरुषहरु फेटा, ढाका टोपीसँगै कम्बरमा खुकुरी भिरेर मगर संस्कृतीको प्रर्दशन गर्दछन ।

परापूर्व कालदेखि १८ मगरात क्षेत्रका रूकुम (पूर्व), उत्तर पूर्वि रोल्पासहित पश्चिम बाग्लुङका बासिन्दा मगर समूदायहरुले हर्षोल्लासको साथ ५ दिनसम्म भूमे पर्व धुमधामले मनाउने चलन छ ।

भूमे पर्वलाई यस क्षेत्रमा सबैभन्दा ठूलो उत्सवको रुपमा लिईन्छ । अन्न बालीको राम्रो उब्जनी, प्राकृतिक विपत्तिबाट जोगाउन, घर परिवारमा निरोगिता, आफन्तमाझ सामाजिक सदभाव राख्न यो पर्व विशेष रूपमा मनाउँदै आइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार