
काठमाडौंः आगामी भदौ ७ गतेदेखि फ्लाई दुबईले पोखराबाट नियमित हवाई उडान गर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई उडानका लागि अनुमति दिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए ।
फ्लाइ दुबईले १६७ सिट क्षमताको बोइङ ७३७ जहाजमार्फत् पोखराबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
पोखरामा साँझ सवा ६ बजे अवतरण गर्ने जहाज सवा ७ बजे दुबईका लागि उड्ने छ। यो यात्रा करिब ५ घण्टाको हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
नागरिक उड्डयन प्राधिकरणकाअनुसार पहिलो चरणमा फ्लाइ दुबईले १ महिनाको लागिमात्र उडान अनुमति लिएको हो ।

14 पटक हेरिएको 

