असारको महिना कञ्चनजङ्घा पर्वतमा साबिककै रुपमा सूर्योदय भइरहेको छ तर त्यसलाई क्यामरामा कैद गर्ने मानिसको कमी छ । पूरा उत्तर भारत प्रचण्ड गर्मीको सास्तीमा छ । यता दार्जिलिङका मानिस भने स्वेटर–ज्याकेट लगाइरहेका छन् । यो मौसममा धेरैजसो भारतीय आरामको खोजीमा दार्जिलिङको यात्रामा निस्कने गर्दछन् । उत्तर बंगालको यो पहाडी इलाकाको अर्थव्यवस्थाको मुख्य आधार नै यही हो । व्यापारको ‘सिजन’ मा पनि यहाँका मा...
गोरखाल्याण्ड आन्दोलन अब के होला ?
