स्वास्थ्यमा के–के फाइदा हुन्छ भुइँकटहरलेः कसले खान हुँदैन

स्वास्थ्यको फाइदाका हिसाबले भुइँकटहरलाई अदभूत फल मानिन्छ । यसको खेती कहाँबाट सुरु गरिएको हो भन्नेबारे त्यति स्पष्ट छैन । तर, क्रिस्टोफर कोलम्बसले विश्व भ्रमणपछि सन् १४९३ मा यसलाई युरोप भित्र्याएको अनुमान गरिन्छ । पहिले अमेरिकाको हवाइमा यो ठूलो परिमाणमा उत्पादन हुन्थ्यो । अहिले पाराग्वे, ब्राजिल, फिलिपिन्स, कोस्टारिका लगायतका देशमा भुइँकटहरको धेरै खेती हुने गरेको छ। पोषक तत्वको भण्डार भुइँकटहर पोष...

अक्सिजन उद्योग निर्माणमा रोक

विदुर नगरपालिका–५ स्थित पिपलटारमा निर्माण गर्न लागिएको सिद्धिगणेश अक्सिजन ग्यास उद्योग प्रालिको भौतिक संरचना निर्माणमा यहाँको प्रशासनले रोक लगाएको छ। उद्योग स्थापनाका लागि पूर्वाधार निर्माण गर्ने बाहनामा अवैध रुपमा बालुवा उत्खनन गरी त्यसको व्यावसायिक कारोबार गरेको भन्दै प्रशासनले प्रहरीको सहयोगमा निर्माण कार्य तत्कालका लागि रोक लगाएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए। विदुर नग...

भोक नलाग्ने ,उल्टी भईराख्ने, जण्डिस र कमलपित्त निको पार्ने एउटै अचुक फल हर्रो

आयुर्वे्दिक मतानुसार हर्रोमा पाँचै रस मधुर, तीखा, कडुवा, कसैला तथा अम्ल पाइन्छ । ग्लाईकोसाइड्स कब्जियत निर्मुल गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यो तत्वले शरीरको सबै अंगबाट अनावश्यक पदार्थहरु निकालेर शरीरलाई प्राकृतिक रुपमा संचालन हुन मदत गर्दछ । यस्का निम्न औषधीय गुणहरुपनि रहेका छन् । जण्डिस,कमलपित्त एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर विहानरवेलुका खाने गरेमा दुई हप्ताम...

उपेन्द्र देवकोटाको मृत्युपछि अस्पतालको नाम परिवर्तन

काठमाडाै । न्युरो अस्पतालको नाममा परिचित बाँसबारीस्गित नेशनल इन्स्टिच्‍यूट अफ मेडिकल एण्ड एलाइड साइन्‍सको नाम परिवर्तन भएको छ । नेशनल इन्स्टिच्‍यूट अफ मेडिकल एण्ड एलाइड साइन्‍स अस्पतालका संस्थापक बरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको मृत्युपछि अस्पतालको नामको अगाडि उनको नाम थपिएको हो । डा देवकोटाको सपनाको अस्पताल भएका कारण अस्पतालको नामको अगाडि उनको नाम थप्ने...

तनावबाट मुक्ति दिलाउने जडीबुटी

मानसिक तनाव बढेसँगै शरीरमा रक्तचापको मात्रा बढ्छ । तनाव समयमै व्यवस्थापन गरिएन भने यसले अर्को रोग निम्त्याउँछ । तनाव व्यवस्थापनका विभिन्न तरिका हुन्छन् । केही विधिबाट तनावले उत्पन्न प्रभावलाई न्यून गर्न सकिन्छ । तनाव न्यून गर्न वा यसबाट मुक्ति पाउन प्राकृतिक जडिबुटि वा बिरुवा पनि प्रभावकारी साबित भएका छन् । तुलसी  : तुलसी प्राचीन कालदेखि नै तनाव मेटाउने औषधिको रुपमा प्रयोग हुँ दै आएको छ । यसले ...

जीवनयात्राः डाक्टर उपेन्द्र देवकोटाको…….

काठमाडौं- पित्तनलीको क्यान्सरबाट ग्रसित वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ । डा देवकोटाको बाँसबारीस्थित आफ्नै अस्पतालमा उपचारका क्रममा आज साँझ ५ बजेर ३५ मिनेट जाँदा निधन भएको हो । वि.सं २०१० साल पुस ४ गते जन्मेका डा देवकोटाले आफ्नो करिअरको ३४ वर्षको अवधिमा २५ हजार भन्दा बढीको शल्यक्रिया र १० लाख भन्दा बढी बिरामी जाँचेका डा देवकोटा क्यान्सरसँग आज पराजित भएका हुन् । डा देवकोटाल...

जान्नैपर्ने मिर्गौला रोग सम्बन्धी केही तथ्य

प्रत्येक मानिसकका शरिरमा मेरुदण्डको दुवैतर्फ मध्यभागमा करङ्गको ठिक मुनि दुईवटा सिमि आकारको अंगहरु हुन्छन् यीनै अंगलाई मिर्गौला भनिन्छ । मिर्गौलाले २४ घण्टामा करिब २०० लिटर रगत छान्ने  काम गर्दछ । यस प्रक्रियाबाट रगतमा भएका बेकार बस्तु हटाउनुका साथै अत्याधिक पानीलाई पिसाबको माध्यमबाट बाहिर निकालेर शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ । मिर्गौलाले ठिकसँग काम गरे/नगरेको कसरी थाहा पाउने ? रगत...

न्युरो सर्जन उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर, आइसियूमा उपचार हुँदै

बरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।  अस्पतालका अनुसार डा देवकोटाको सघन उपचार कक्ष (आइसियू)मा उपचार भइरहेको छ। आज एक विज्ञप्ति जारी गर्दै अस्पतालले डा देवकोटाको अवस्थालाई लिएर सामाजिक सञ्जालमा आइरहेका खबरहरुमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेको छ । उसले अस्पतालबाट जारी गरिने आधिकारिक जानकारी बाहेकका भ्रामक सूचनामाथि विश्वास नगर्न पनि आग्रह गर...

मिर्गौलाको संक्रमण कसरी हुन्छ ? कसरी रोक्ने जान्नुहाेस ।

मिर्गौलाको संक्रमण निकै पीडादायी रोग हो, जो मूत्राशय (ब्लाडर) को संक्रमण सिस्टाइटिसका कारण हुन्छ । अधिकांश मानिसमा सिस्टाइटिसबाट  मिर्गौलाको संक्रमण हुँदैन । तर, कहिलेकाहीँ ब्याक्टेरिया ब्लाडरबाट एक या दुवै मिर्गौलासम्म पुग्न सक्छन् । तत्कालै रोग पहिचान गरेर एन्टिबायोटिकले उपचार गरेमा मिर्गौलाको संक्रमण गम्भीर हुँदैन । तर, समयमै उपचार गरिएन भने अवस्था खराब हुँदै गएर मिर्गौला बिग्रने सम्भावना हुन्छ...

थाहा पाउनुस् यसका सत्य र भ्रम, स्तन क्यान्सरको पहिलो डाक्टर तपाईं आफैं

काठमाडौं- स्तन क्यान्सर महिलहरुमा हुने क्यान्सरमध्ये दोस्रो सबैभन्दा बढी हुने क्यान्सर हो। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर नेपाली महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा बढी हुने क्यान्सर हो। नेपालमा देखापर्ने स्तन क्यान्सरका बिरामीमध्ये एक चौथाइ कम उमेरका र कामकाज गर्ने उमेरका महिलालाई लाग्ने गरेको तथ्यले स्तन क्यान्सरबारे राम्रो जानकारी हुनु आवश्यक देखि...