बोरामै गर्न सकिन्छ तरकारीखेती

काठमाडौं । प्रविधिको बढ्दो विकाससँगै खेती गर्ने तरीकामा पनि परिवर्तन भएको छ । सामान्यतया खेतीका लागि जमीन, सिँचाइ, मलखाद, जनशक्तिलगायतको आवश्यकता पर्छ । तर, कृषि प्रविधिको विकासले परम्परागत खेतीबाट क्रमशः बोरामा गरिने ‘सेक फार्मिङ’, थोरै जमीनमा ठाडो वा चाङ लगाएर गरिने ‘भर्टिकल फार्मिङ’ हुँदै उच्चतम प्रविधि मनिएको पानीमा गरिने खेतीप्रणाली (हाइड्रोपोनिक्स) समेत प्रयोगमा आइसकेको छ । हाइड्रोपोनिक्...

प्याज खेती गर्ने तरिकाः कुन तरिकाले खेती गर्दा वढी उत्पादन लिन सकिन्छ ?

  प्याज तरकारी/सब्जी आदिमा हालिने मसलाको रूपमा प्रयोग गरिने मसला फल जो माटामनि फल्छ। प्रायः सबै ठाउँमा यो मसलाको उत्पादन हुन्छ । नेपालका पचहत्तरै जिल्लामा प्याज खेती हुने गरेको छ। कृषि मन्त्रालयको तथ्यांक अनुसार, आर्थिक वर्ष २०६७/६८ मा २० हजार ८० हेक्टर जमिनमा प्याज उत्पादन भयो। देशभरको प्याज क्षेत्रफलको एक चौथाइ हिस्सा सप्तरी जिल्लाले ओगटेको छ । आव २०६७/६८ मा उत्पादित कुल दुईलाख ६३ हजार ...

१५ जिल्लामा फलफूल खेती विस्तार कार्यक्रम सुरु हुँदै, सरकारबाट अनुदान पाइने

काठमाडौं । सरकारले पन्द्रह जिल्लामा फलफूल खेती विस्तार कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय फलफूल विकास केन्द्रले नीजि क्षेत्रमा फलफूल खेती विस्तार कार्यक्रम सञ्चालन गर्न लागेको हो । राष्ट्रिय फलफूल विकास केन्द्रले यही कात्तिक २६ गते सूचना जारी गरी यो कार्यक्रम सञ्चालन गर्न लागेको घोषणा गरेको हो । यो कार्यक्रममा सहभागी हुने फार्म, कम्पनी, संस्था...

बीस लाख बिरुवा रोपियो

काठमाडौँ, २७ कात्तिक । सरकारले सञ्चालन गरेको ‘एक नागरिक एक फलफूल’ अभियानअन्तर्गत देशभर करीब २० लाख फलफूलका बिरुवा रोपिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले अभियानमा नागरिकले स्वतःस्फूर्त रुपमा फलफूलका बिरुवा रोपेको जानकारी दिनुभयो । सबै जिल्लामा अभियानअनुसार फलफूलका बिरुवा रोपिएका छन् । उहाँले भन्नुभयो, ‘‘जिल्लाबाट विवरण आउन थालेका छन् । अहिलेसम्मको ...

नेपालमै छ ५ लाख किलो फल्ने स्याउको वगैंचा

मनाङ । ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित ७ सय ३५ रोपनी जग्गामा फैलिएको स्याउ फर्म सम्भवतः देशकै ठूलो फर्म हो । जहाँ यस वर्ष मात्रै ५ लाख किलो स्याउ फलेको छ । ४ वर्षअघि ६७ हजार बिरुवा रोपिएकोमा यस वर्ष ५ लाख किलो उत्पादन भएको फर्म संचालक पाल्देन गुरुङ बताउँछन्। पूर्वमन्त्री समेत रहेका गुरुङले मनाङ मस्र्याङ्दी क्लबको जग्गा २७ वर्षका लागि भाडामा लिएर स्याउ फार्म सुरु गरेका हुन् । यस परिणामबाट ५ करोड...

खसिबोकाको प्रतिकिलो मूल्य ५ सय, च्याङ्ग्राको ७ सय निर्धारण

काठमाडौं– खाद्य संस्थानले यो वर्षको दशैंका लागि खसि बोकाको मूल्य तोकेको छ । गतवर्षको तुलानमा यो बर्ष खसिबोकाको मूल्य सामान्य बढेको संस्थानले जनाएको छ ।  संस्थानका अनुसार यो पटक खसीबोका प्रतिकिलो ५ सय र च्याङ्ग्रा प्रतिकिलो ७०० मा उपभोक्ताले पाउनेछन् । संस्थानका प्रवक्ता शंकर सापकोटाकाअनुसार संस्थानले निर्धारण गरेको खसीको ५१० र च्याङ्ग्राको ७१० रुपैयाँ प्रतिकिलोको मूल्यमा १० रुपैयाँ उपभोक्तालाई छु...

कालो गोलभेंडाको खेती अब नेपालमै

काठमाडौं । मध्याकार र गोलो च्याउ जस्तै देखिने कालो टमाटर पछिल्लो समय मानिसको प्राथमिकतामा पर्ने गरेको छ । सामान्यतः सूरुमा बैजनी आकारमा फल्ने यो टमाटर बिस्तारै घाम र तापक्रमको कारणले कालो रंगमा परिणात हुन्छ । कालो टमाटरको बिकास रुस बाट भएको पाइन्छ । लाइकोपरसिकन एस्कुलेनम वा सोलानम लाइकोपरसिकन बैज्ञानिक नाम भएको कालो टमाटर ब्लाक क्रिमको नामले समेत परिचित छ । कालो टमाटरका फाईदाहरु : अरु टमाटर जस्त...

जैतुन (ओलिभ/Olive) को खेती गर्ने तरिका

जैतुन एक सदबहार रुख हो । यसको पात प्रत्यक २-३ बर्षमा फेरिन्छ । यसको हाँगा फकृने खालको हुन्छ तर राम्रो काँटछाँट गरेमा राम्रो रुख बन्छ यसको जरा बलियो हुन्छ र सतहको माटोमा मज्जाले फैलिन्छ । जैतुनको रुखको उचाई ३० फिटदेखी ५० फिटसम्म हुन्छ । यो धेरै समयसम्म बाँच्ने रुख हो । यसको आयु सरदरमा ५००-१००० बर्षसम्म हुन्छ । यसको फलको तेल स्वास्थ्यको लागी निकै फाईदा जनक मानिन्छ । खेती प्रविधि: नेपाल मा जैतुनको ...

तोरी खेती गर्ने तरिका

१. तेल उत्पादन गर्ने तोरी, सर्स्यूँ तथा रायो बालीहरुमा के फरक छ र सरल भाषामा कसरी पहिचान गर्ने ? ब्रासिका ‘जेनस‘ भित्र व्रासिका कम्पेस्ट्रीस र व्रासिका जुनसिया दुई समूहहरु छन । पहिलो समूह व्रासिका कम्पेस्ट्रीस अन्तरगत ‘सर्य्यूँ‘ र तोरी पर्दछन् र यसलाई अंग्रेजीमा Rape seed भनिन्छ । यो व्रासिका जुनसिया (Mustard) समहभन्दा होचो हुन्छ । पात नरम र साना–साना भुत्ला भएका हुन्छन र बीउको रंग पहेंलो वा खैरो...

यसरी गरौं मौरी पालन, सम्पूर्ण जानकारी

तालिममा सिकाईने विषय वस्तुहरु: -मौरी घारहरू राख्ने ठाउँको १–१.५ कि.मी. वरिपरि मौरी चरन बाली-बिरूवा फैलिएको क्षेत्र, फूल फुल्ने प्रयाप्त अवधि, पानीको श्रोत भएको र विषादीको प्रयोग नहुने क्षेत्र हुनु जरूरी छ । मौरी क्षेत्र वरिपरि सकेसम्म चरन सालभर नै उपलब्ध हुनुपर्दछ । – मौरी घारलाई अगाडिपट्टि केही ढल्काएर २५–३० से.मी. उचाई भएको स्टैण्ड माथि राख्नुपर्दछ र स्टैण्डको चारवटै खुट्टामा पानीले भरिएको कचौर...