धनगढी, कार्तिक ४ गते । गस्तीमा खट्नुभएका प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न सात जनालाई पक्राउ गरी कैलाली प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले आज अपराह्न पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । हत्याको आरोपमा पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० का पर्कु भन्ने रोहित राना, राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर...
हत्याको आरोपमा पक्राउ परेका सात जना सार्वजनिक
