अभिनेता राजेश हमालको म्युजिक भिडियो मोड

काठमाडौं । अग्रज अभिनेता राजेश हमाल पछिल्लो समय म्युजिक भिडियोमा बढी व्यस्त हुन थालेका छन् । भिडियोप्रति उनको मोह अचम्मले बढेको छ । लकडाउनका कारण लामो समय मौन रहेका उनी गत असोजबाट म्युजिक भिडियोतर्फ सक्रिय भएका हुन् । गत असोजमा विपन्न प्राविधिकहरूलाई राहत प्रदान गर्ने क्रममा उनले अब केही समय आफू राम्रा गीतको म्युजिक भिडियोमा सक्रिय रहने बताएका थिए । सो घोषणापछि राजेशलाई एकपछि अर्को म्युजिक भिडि...

स्नातक तहको शैक्षिक सत्र खेर नजाने

काठमाडौँ, । कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको जानकारी विश्वविद्यालयले दिएको छ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक प...

देउखुरीमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु

लमही । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई गएराति ८ बजेतिर ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भालुबाङले दिएको जानकारी अनुसार दुर्घटनामा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका–२...

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीको दोस्रो रिपोर्ट पनि पोजेटिभ

काठमाडौं : गत कात्तिक ७ गते कोरोना  संक्रमण पुष्टि भएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ। होम आइसोलेसनमा १४ दिन बसेपछि दोस्रो पटकको पीसीआर परीक्षण गर्दा पुनः पोजिटिभ आएको हो। पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बुढाबुढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै, लडाइँ केही लामै होला जस्तो पो छ त।’ https://www.youtube.com...

तुलसीपुरमा ११ बर्षीया बालिका बलात्कृत

तुलसीपुर । बलात्कार गरेको आरोपमा तुलसीपुरका एक युवक विरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको छ । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–१७ दुधरास निबासी १९ बर्षका उमेश केसी विरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको पीडितले जानकारी दिएका छन् । बालिकाको स्वास्थ्य जाँच समेत गरिएको छ । बालिका मंगलबार दिउँसो ३ बजे बलात्कृत भएको पडितले बताएका छन् । यता ...

काठमाडौंमा छुरा प्रहारबाट युवकको मृत्यु

काठमाडौं । काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार बिहान मृत्यु भएको हो । धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अज्ञात समूहले एक्कासी छुरा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । उनको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको...

बाल विवाहविरुद्ध लुम्बिनी प्रदेशमा प्रहरीको अभियान, पन्ध्र दिनभित्र एक हजार २३१ वटा कार्यक्रम हुँदै

बुटवल,कात्तिक १४ गते । तराईका जिल्लाहरुमा बालविवाहको चर्को समस्या रहेको लुम्बिनी प्रदेशमा प्रहरीले यसविरुद्ध सकृय अभियान शुरु गरेको छ । बालविवाहले चौतर्फी हानी गरिरहेको ठहर गर्दै लुम्बिनी प्रदेश प्रहरीले ‘बालविवाह कानुन विपरित कार्य हो यसलाई रोकौं’, भन्ने नारासहित अभियान शुरु गरेको हो । यस्तो समस्या तराईका जिल्लामा बढि भएपनि प्रहरीले ती जिल्लासंगै प्रदेशका १२ जिल्लामै अभियान शुरु गरेको छ । लुम्...

म्याग्दीमा चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खबाङमा आइतबार राति एक व्यक्तिले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । घरायसी बिषयमा उत्पन्न विवादमा ओमबहादुर दमाईले चिर्पट प्रहार गर्दा उनकी श्रीमती ४४ वर्षीया रिमा दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बयालीस वर्षीय ओमबहादुरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी सहायक निरीक्षक बलराम पौडेलको नेतृत्वमा गएको टोलीले नियन्त्...

मंसिर ९ गतेदेखि कक्षा १२ को परिक्षा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए । नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । कोरोना संक्रमित विद्यार्थीलाई भने बोर्डले परीक्षामा सहभागी नहुन अनुरोध...

हत्याको आरोपमा पक्राउ परेका सात जना सार्वजनिक

धनगढी, कार्तिक ४ गते । गस्तीमा खट्नुभएका प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न सात जनालाई पक्राउ गरी कैलाली प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले आज अपराह्न पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । हत्याको आरोपमा पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० का पर्कु भन्ने रोहित राना, राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर...