झापा : झापा कारागार भद्रपुर परिसर भित्रबाटै एक कैदीबन्दी फिल्मी शैलीमा आइतबार दिउँसो फरार भएका छन् । साविक जुरोपानी गाविस ९ हाल गौरादह नगरपालिका ८ निवासी अन्दाजी २४ वर्षीय उमेश माझी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका माझीलाई झापा जिल्ला अदालतले २०७१ साल असार ७ गते आजीवन कारावासको सजाय सुनाएका...
झापा कारागारबाट एक कैदीबन्दी फरार
