गोरखा । अविरल बर्ष सँगै आएको पहिरोले गोरखा शहिद लखन गाँउपालिका वडा नं ६ अधेरी गाउमा पहिरोले घर पुरिदा नौ महिनाको बालक सहित तिन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १० बर्षिय पविना कुवर, २० बर्षिय सरु कुवर र सरुका ९ महिने छोरा रहेको गोरखा शहिद लखन गाँउपालिकाका प्रशासकिय अधिकृत जीवन आले मगरले जानकारी दिएका छन । घटना स्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली पुगेको एसपी विमल बस्नेतले जानकारी दिए ।
यस्तै गरि गाउपालिकाको तीनथरे गाउ पनि पहिरोको जोखिममा रहेको छ । उक्त स्थानमा नेपाल प्रहरी र शसस्त्र प्रहरी खटिएको छ ।
एसपी वस्नेतका अनुसार गोरखाको धार्चे गाउपालिका खानीबेशी गाउमा पनि एकघर बगाएको छ । खानीबेशीका साइला गुरुङको घर बगाएको बताइएको छ भने मानविय क्षति भने नभएको बताइएको छ ।
खानीबेशीका अन्य ५ घर पनि जोखिममा रहेको जनाइएको छ ।

1406 पटक हेरिएको 


