नामावली संकलनको समयावधि बढाउन सत्तारुढ घटकको आग्रह

सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुने फोटोसहितको मतदाता नामावली संकलनको समयसीमा साउनभर बनाउन निर्वाचन आयोगसँग आग्रह गरेका छन्। आयोगमा दुई दलका नेताले प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवसहितका आयुक्तसँग आज बेग्लाबेग्लै भेट गरी यस्तो आग्रह गरेका हुन्। नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणको नेतृत्वको टोलीले निर्वाचन आयोगका...

व्यवस्थापिका संसदबाट विनियोजन विधेयक पारित

काठमाडौं,२६ असार । व्यवस्थापिका संसदले सोमबार बजेट सम्बन्धी सबैभन्दा महत्वपूर्ण र मुख्य विधेयक (बिनियोजन विधेयक) पारित गरेको छ । आज बसेको दोस्रो बैठकले विनियोजन विधेयक–२०७४ पारित गरेको हो । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेको विधेयक व्यवस्थापिका संसदको बहुमतले पारित गरेको हो । त्यसैगरी बैठकले आर्थिक विधेयक–२०७४ माथि विचार गरियोस् भनि अर्थमन्त्री कार्कीले प्रस्तुत गरेको प्रस्ता...

बाढीपहिरो पीडितलाई तत्काल राहत र क्षतिपूर्ति दिन सरकारलाई निर्देशन

काठमाडौं । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले देशभरका बाढीपहिरो पीडितलाई तत्काल राहत र क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको छ । शुक्रवार सिंहदरवारमा बसेको राज्य समिति वैठकले गृहमन्त्रीलाई वोलाएर देशभरका बाढीपिडितका लागि उद्धार र राहत पु¥याउन निर्देशन दिएको हो । समितिले विपत्व्यवस्थापन न्यूनिकरण सम्वन्धि ऐन पनि तत्काल ल्याउन पहल गर्न गृहमन्त्रीलाई निर्देशन दिएको छ । वैठकमा गृहमन्त्री...

बाढीले दुईवटा जलविद्युत् आयोजनामा क्षति

बेँसीसहर(लमजुङ), २२ असार । लमजुङ र कास्कीको सिमानामा बग्ने रुदी खोलामा आएको बाढीले निर्माणाधीन दुईवटा जलविद्युत् आयोजनामा क्षति पु¥याएको छ । बाढीले ८.८ मेगावाट क्षमताको रुदीखोला–ए र ६.६ मेगावाटको रुदीखोला–‘वि’ जलविद्युत् आयोजनामा क्षति पु¥याएको हो । बाढीले दुवै आयोजनाको संरचना भत्काउँदा रु ३० करोडभन्दा बढीको क्षति भएको आयोजनाका कामु प्रबन्धक सरोज भट्टराईले जानकारी दिनुभयो । बाढीले रुदी–ए को ...

पत्थरीको अप्रेसन गर्न आएका बिरामीको मिर्गौला झिकियो

काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको ज्यान जोगाउन मिर्गौला झिकिएको जानकारी गराएको छ । पत्थरीको अप्रेसन गर्न आएका बिरामी रिमालको उपचारका क्रममा अत्याधिक रत्तश्राव भएका कारण मिर्गौला निकालीको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मिर्गौलाको २ सेमीको पत्थरीको शल्यक्रिया गरेर निकाल्ने क्रममा रक्तश्राव बढ...

व्यापारी राजकुमार श्रेष्ठको अपहरणमा संलग्न युवती पूजा घर्तीबारे प्रहरीले जुटायो नयाँ तथ्य

जेठ २६ गते अपहरणमा परेका दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ २१ दिनपछि मृत फेला परे। जेठ २६ गते साँझ तुलसीपुरबाट अपहरणमा परेका श्रेष्ठ असार १६ गते शुक्रबार सल्यानको छत्रेश्वरी गाउँपालिका–४, झिम्पेरेन्जको लेक भञ्ज्याङस्थित जंगलमा ढुंगाले हानेर मारिएको अवस्थामा फेला परे। अपहरणको घटनामा संलग्न तुलसीपुर–१२ का २५ वर्षीय कमल उर्फ अबिरल महतरालाई प्रहरीले पक्राउ गरेपछि व्यापारी श्रेष्ठको घटनाबारे ...

१२ वर्षीय बालक ४ वर्ष देखि बाख्राको खोरमा

जाजरकोट ,काठको खोरमा बाख्रा होइन बालकलाई थुन्ने गरेको खबर सुन्दा सबैलाई अनौठो लाग्न सक्छ । बारेकोट ४ जिरीका कालीबहादुर रावतले मानसिक सन्तुलन गुमाएका १२ वर्षीय छोरा भीमराजलाई ४ वर्षदेखि घर छेउमा रहेका खोरमा थुन्ने गरेका छन् । उनले रहरले भने छोरा भीमराजलाई बाख्राको खोरमा थुनेका होइनन् । उनी जता पायो त्यतै जाने र जे पायो त्यही गर्न थालेपछि खोरमा थुन्नुपरेको रावतले बताए । उनी दैनिक १२ घण्टा त्यही खोरम...

व्यवसायी राजकुमार श्रेष्ठ अपहरण भएको २१ दिनपछि सल्यानमा मृत अवस्थामा भेटिए

दाङ । दाङका चर्चित व्यवसायी राजकुमार श्रेष्ठ अपहरण भएको २१ दिनपछि सल्यानमा मृत अवस्थामा भेटिएका छन् । जेठ २६ गते साँझ अपहरणमा परेका व्यापारी श्रेष्ठ सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ को रैजेखुटिमा रहेको झिम्पे टावर मुनि मृत अवस्थामा फेला परेका हुन । अपरहणमा परेका श्रेष्ठको खोजीका लागि सिआइबी र अपराध महाशाखाबाट विज्ञहरुको टोली खटिएको थियो । टोलीले अपरहणमा सम्लग्नमध्ये ४ जनालाई पक...

रोल्पा लिवाङमा वाइसियल र तरुण दलबीच झडप, १० घाईते

रोल्पा, १६ असार । रोल्पा नगरपालिकाको मत गणनाको विषयमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । शुक्रबार बेलुकी सवा ६ बजेतिर लिबाङको वंशी चिया पसलमा सँगसँगै चिया खाँदै गरेका कांग्रेसको तरुण दल र माओवादीको वाइसियलबीच झडप हुँदा केहि घाईते भएका छन् । करिब दुबै पार्टीका करिब १० जना सामान्य घाइते भएका छन् । प्रहरी नायक उपरीक्षक रामप्रसाद घर्तीको नेतृत्वमा झडपलाई नियन्त्रणमा लिन ठूलै संख्य...

ओलीले गरे सरकारको कडा आलोचना

काठमाडौँ, १२ असार ।आचारसंहिता लत्याउँदै नेकपा एमालेले मौन अवधिमा पत्रकार सम्मेलन गर्दै सरकारलाई विभिन्न आरोप लगाएको छ । प्रेस चौतारी नेपालले सोमबार (आज) आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई सद्दाम हुसेनको तुलना गरेका छन् । राज्यले शान्तिपूर्ण, स्वच्छ र कानुनसम्मतरुपमा निर्वाचन गराउनुपर्ने बताउँदै यसमा सरकार, राजनीतिक दल र सबै पक्षको दायित्व रहेको बताए । यही...