बुद्ध लामा बने पहिलो नेपाल आइडल

बुद्ध लामा पहिलो नेपाल आइडल बनेका छन्। एपी वान टेलिभिजनबाट प्रशारित दोहामा भएको आइडलको ग्राण्ड फिनालेमा दर्शकको सर्वाधिक मत प्राप्त गर्दै लामा पहिलो नेपाल आइडल बन्न सफल भएका हुन्। पहिलो नेपाल आइडलको उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले जितेका छन्। कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै पोखरा लामा ...

कपिलवस्तुमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

असोज १, २०७४ कपिलवस्तु : जिल्लामा आइतबार भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। वाणगंगा नगरपालिका ४, झुंगामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय ३५ वर्षीय बिथैया चौधरीको मृत्यु भएको छ। विजुलीको टु फेज लाइनबाट तार ल्याएर कुलोमा माछा मार्दा चौधरीलाई करेन्ट लागेको थियो। उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। जिल्लाको बुद्...

नेसनल ट्रेडिङ लिमिटेडले चीनबाट इन्धन आयात गर्ने

भदौ ३१, २०७४ काठमाडौं : सरकारी स्वामित्वको नेसनल ट्रेडिङ लिमिटेडले चीनबाट इन्धन आयात गर्ने योजना अघि सारेको छ। चरम नोक्सानीबाट गुज्रेपछि सबै कर्मचारीलाई बिदाइ गरी नयाँ स्वरुपमा सञ्चालन अघि बढाएको संस्थानले यस्तो योजना अगाडि ल्याएको हो।  आपूर्ति मन्त्रालयले उपसचिव लवदेव जोशीलाई महाप्रबन्धक बनाएर संस्थानलाई नयाँ तरिकाबाट अगाडि बढाउने जिम्मेवारी प्रदान गरेको थियो। आफूलाई प्राप्त जिम्मेवारीका आधारमा च...

समानुपातिकतर्फ भाग लिने ८८ दल, निवेदन फिर्ताको समय भोलिसम्म (सूचिसहित)

काठमाडौं– आगामी मंसिरमा हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने ८८ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले भदौ २५ गतेदेखि भदौ २७ गतेसम्म समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आग्रह गर्दै सूचना प्रकाशित गरेको थियो । आयोगले समानुपातिक प्रणालीतर्फ भाग लिने निवेदन पेश गरेका ८८ राजनीतिक दललाई आफ्नो दलको तर्फबाट दल दर्त...

चितवनको पिप्ले बजारमा दुर्इ यात्रुबस जुध्दा तीनको मृत्यु, २७ घाइते

चितवन । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको पिप्ले बजारमा शनिबार दिउँसो दुई यात्रु बस एकआपसमा ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ८७०६ नं को बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ९१२५ नं को बस एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा परी दुई पुरुष र एक महिलाको मृत्यु भएको छ । उनीह...

नेपाल आइडलविरुद्ध काठमाडौं जिल्ला अदालतमा परेको मुद्दा खारेज

काठमाडौं: नेपाल आइडलविरुद्ध काठमाडौं जिल्ला अदालतमा परेको मुद्दा खारेज भएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले नेपाल आइडलविरुद्ध दर्ता गरेको उजुरीलाई शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको एकल इजलासले खारेज गरेको हो । बुधबार मात्र जिल्ला अदालत काठमाडौंले ‘नेपाल आइडल’ सम्बन्धी कार्यक्रमको मतगणना शुक्रबारसम्मका लागि अघि नबढाउन एपी वान टेलिभिजनलाई आदेश दिएको थियो । नेपाल आइडलका लागि...

मधेसबाट एमालेलाई पत्तासाफ गर्नुपर्छः माओवादी नेता यादव

जनकपुर । असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनमाआ–आफ्नो पार्टीले जित्ने प्रमुख दलका शीर्ष नेताहरुले दाबी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपाल–जनकपुर शाखाले जनकपुरको बार एसोसियसनको कार्यालयमा गरेको ‘प्रदेश नम्बर २ को निर्वाचनः दलहरुको सहभागिता’ अन्तरक्रियामा बोल्दै नेताहरुले यस्तो दाबी गरेका हुन् । उनीहरुले निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने पनि जिकिर गरेका छन् । सत्तारुढ दल ने...

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध

अन्नपूर्ण गाउँपालिका–३ दाना घट्टेखोलामा पानीको सतह बढेपछि दुईदिनसम्म हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भयो । दानाकै काभ्रेभीर र मुस्ताङको थासाङ गाउँपालिका–४ मा खसेको पहिरोले यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । सडक खण्ड अन्र्तरगत विभिन्न स्थानमा खसेको साना ठुला पहिरो र खोलामा बढेको पानीको सतहले उत्तरी म्याग्दीका साथै छिमेकी जिल्ला मुस्ताङ आवतज...

मनाङमा जिप दुर्घटनामा एक महिलाको मृत्यु, चालकसहित १२ जना घाईते

लमजुङ डेली डटकम, २० भदौ । हिमालपारिको जिल्ला मनाङमा भएको जिप दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी नेस्याङ–३ ङावलकी ६३ बर्षिया ङिमाछोमा लामाको घटनास्थलमै मृत्यु भएको हो ।   नासोङ गाउँपालिका–३ धारापानीबाट मनाङ जाँदै गरेको ग १ ज ६३१५ नम्बरको जीप नेस्याङ–१ भ्राताङ खोलामा निर्माण गरिएको मोटरेवल पुलसँगै रहेको मोडबाट मस्र्याङ्दी नदीमा खसको मनाङका प्रहरी नायव उपरिक्षक बिरबहादुर ...

पार्किङ गरिएको एक गाडीबाट ८८ किलो सुनसहित चालक पक्राउ

काठमाडौं, १९ भदौं – केरुङबाट काठमाडौँ ल्याउँदै गरेको ८८ किलो सुन बरामद गरिएको छ । महानगरिय प्रहरी कार्यालयका आयुक्त प्रहरी अतिरिक्त महानिरिक्षक जय बहादुर चन्दका अनुसार क्षेत्रपाटीबाट बरामद गरिएको उक्त सुन अहिलेसम्मकै बढी हो । क्षेत्रपाटीमा पार्किङ गरिएको एक गाडीबाट सुन बरामद भएको अतिरिक्त महानिरिक्षक प्रमुख चन्दले जानकारी दिनुभयो । टाटाको स्ट्रोङ नामक गाडीमा सुना भेटिएको हो । प्रहरीले गाडीमा...