बग्यो चीनले बनाइदिएको लार्चा पुल —उत्तरी सीमा नाका तातोपानी नाकाबन्दीमा

लार्चा (सिन्धुपाल्चोक)— चट्टाने ढिस्को खसेर लार्चा पुल भाँचिएपछि उत्तरी सीमा नाका तातोपानी नाकाबन्दीमा परेको छ। तातोपानीबासीको सवारी र पैदल यात्रा गर्ने एक मात्र बिकल्प त्यही पुल थियो। पुलै नरहेपछि तातोपानीबासी गाउँमै थुनिएका हुन्। पाल–चीन जोड्ने तातोपानीको मितेरी पुलभन्दा झण्डै ५ किमी तल भोटेकोसी नदीमाथि रहेको पुल आइतबार राति चट्टाने ढिस्को खस्दा भाँचिएको हो। पुलको बीचमा ढिस्को बिज्रँदा तत्कालीन...

प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ: व्यवस्थापिका-संसद् बैठकले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४' माथि विचार गरियोस् भनी पेश भएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री जनार्दन शर्माले सदनको आइतबारको बैठकमा सो विधेयकमाथि विचार गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । छलफलमा भाग लिँदै नेपाली कांग्रेसका रामहरि खतिवडाले समयमा निर्वाचन सम्पन्न गर्नु सबै दलको दायित्व रहेको भन्दै प्रतिनिधिसभामा प्र...

संघीय संरचनाको विषयमा गृहमन्त्री र प्रहरीका उच्च अधिकारीबीच छलफल

काठमाडौं : नेपाल प्रहरीलाई संघीय संरचनामा कसरी लाने भन्ने विषयमा गृहमन्त्री र प्रहरीका उच्च अधिकारीबीच छलफल भएको छ। आइतबार गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रहरी नायव महानिरीक्षक (डीआईजी) र त्यस भन्दा माथिका अफिसरबाट यसबारे सुझाव लिनुभएको छ। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री शर्माले प्रहरी संगठनको क्यारियर प्लान कस्तो बनाउनुपर्छ भन्नेबारे लिखित सुझाव दिन सबै अफिसरलाई आग्रह गर...

साढे दुई बर्षअघि गएको भुकम्पबाट विस्थापित ९३ प्रतिशत भुकम्पपीडित अझै टहरामै

साढे दुई बर्षअघि गएको भुकम्पबाट विस्थापित ९३ प्रतिशत भुकम्पपीडितले यसपटक पनि बर्खा टहरोमै विताउँदै छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणको तथ्यांकअनुसार मुलुकभर ६ लाख ४६ हजार ४ सय १९ भुकम्पपीडित पहिचान भएको छन् । शनिबारसम्म ४४ हजार ९१६ भकम्पपीडितले मात्रै आवास निर्माण गरेका छन् । अझै ६ लाख एक हजार पाँच सय तीन भुकम्पपीडितको आवास अझै बन्न सकेको छैन । घर भत्किएर विस्थापित भएका ६ लाख ४६ हजार भुकम...

गोरखा उहिया, सिर्दिवास क्षेत्रका भूकम्प प्रभावित गाउँलेलाई कुहिएको खाद्यान्न

काठमाडौं, । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत उहिया, सिर्दिवास क्षेत्रका भूकम्प प्रभावित गाउँलेलाई बाटो बनाएबापत उपलब्ध गराइने खाद्यान्न कुहिएको फेला परेको छ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले गोरेटो गोरखासँगको साझेदारीमा ती गाउँमा खाद्यान्न (दाल र चामल) वितरणका लागि पुर्‍याएको थियो । खच्चरमार्फत खाद्यान्न ढुवानी गर्दा पानीले भिजेको र सुरक्षित ठाउँमा खाद्यान्न भण्डारण गर्न नसक्दा उहि...

काठमाडौँ उपत्यकामा ‘मोनो रेल’

काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई साइमिक्स इङ्क प्रालिका प्रतिनिधिले मंगलबार ‘स्कार्इ रेल’ सञ्चालनसम्बन्धी प्रारम्भिक प्रतिवेदन बुझाएका छन् । कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई सो प्रतिवेदन बुझाउनु भएको हो । प्रतिवेदन बुझ्दै प्रमुख शाक्यले ललितपुर महानगरपालिका र काठमाडौँका छिमेकी नगरसँग समन्वय गरेर उपयुक्त प्रस्तावका विषयमा थप काम गरिने जानकारी गराउन...

आजबाट मतदाता नामावली संकलन हुँदै

साउन १, काठमाडौं। निर्वाचन आयोगले आजबाट फोटो सहितको मतदाता नामावली संकलन सुरु गरेको छ । यसका लागि जिल्ला सदरमुकाममा रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा जानु पर्ने भएको छ । आयोगले आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नामावली संकलन तथा अद्यावधिक कार्य आजबाट सुरु गरेको हो । आयोगका अनुसार साउन १५ गतेसम्म नाम दर्ता तथा अद्यावधिक गर्न सकिनेछ । आयोगले मतदाता नामावली...

१५ एसएसपी डीआइजीमा बढुवा सिफारिस

काठमाडौं : गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआइजी) बढुवामा सिफारिस गरेको छ। बढुवा सूचीको एक नम्बरमा सर्वेन्द्र खनाल पर्नुभएको छ। दोश्रो नम्बरमा एसएसपी रमेश खरेल, तेस्रोमा पुष्कर कार्की, चौथोमा उत्तम कार्की, पाचौंमा भोगबहादुर थापा, छैठौंमा पुष्कल रेग्मी, सतौंमा पवन खरेल, आठौंमा छविलाल जोशी, नवौंमा मनोज न्यौपाने, १०औँ ज्ञान...

नामावली संकलनको समयावधि बढाउन सत्तारुढ घटकको आग्रह

सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुने फोटोसहितको मतदाता नामावली संकलनको समयसीमा साउनभर बनाउन निर्वाचन आयोगसँग आग्रह गरेका छन्। आयोगमा दुई दलका नेताले प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवसहितका आयुक्तसँग आज बेग्लाबेग्लै भेट गरी यस्तो आग्रह गरेका हुन्। नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणको नेतृत्वको टोलीले निर्वाचन आयोगका...

व्यवस्थापिका संसदबाट विनियोजन विधेयक पारित

काठमाडौं,२६ असार । व्यवस्थापिका संसदले सोमबार बजेट सम्बन्धी सबैभन्दा महत्वपूर्ण र मुख्य विधेयक (बिनियोजन विधेयक) पारित गरेको छ । आज बसेको दोस्रो बैठकले विनियोजन विधेयक–२०७४ पारित गरेको हो । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेको विधेयक व्यवस्थापिका संसदको बहुमतले पारित गरेको हो । त्यसैगरी बैठकले आर्थिक विधेयक–२०७४ माथि विचार गरियोस् भनि अर्थमन्त्री कार्कीले प्रस्तुत गरेको प्रस्ता...