१५ एसएसपी डीआइजीमा बढुवा सिफारिस

  Manaslu Post  972 पटक हेरिएको

काठमाडौं : गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआइजी) बढुवामा सिफारिस गरेको छ।

बढुवा सूचीको एक नम्बरमा सर्वेन्द्र खनाल पर्नुभएको छ। दोश्रो नम्बरमा एसएसपी रमेश खरेल, तेस्रोमा पुष्कर कार्की, चौथोमा उत्तम कार्की, पाचौंमा भोगबहादुर थापा, छैठौंमा पुष्कल रेग्मी, सतौंमा पवन खरेल, आठौंमा छविलाल जोशी, नवौंमा मनोज न्यौपाने, १०औँ ज्ञान विक्रम शाह, ११औँ ठूले राई, १२ औँ शरद चन्द, १३ औँ धिरु बस्नेत, १४ औँ पुष्पचन्द्र रञ्जित र १५ औंमा सुरेश विक्रम शाह बढुवा सिफारिसमा पर्नुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार