८ जनाको शब फेला, २० भन्दा बढीको मृत्यु भएको अनुमान

जाजरकोट, २६ फागुन । जाजरकोट बस दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । २० जना भन्दा बढीको मृत्यु भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो । छिन्चु जाजरकोट सडक खण्डमा पर्ने भेरी मालिका नगरपालिका वडा नम्बर ४ को बोहरा गाउँमा ना ३ ख २२७९ नम्बरको बस दुर्घटनामा परेको हो । खलंगाबाट करिब दुई किलोमिटर अगाडि पासेधार नजिक बस दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ ५ बजे बस दुर्घट...

विवाह गर्न नपाएपछि प्रेमीप्रेमीकाले नै गरे आत्महत्या

२६  फागुन, बर्दिया । विवाह गर्न नपाएको झोकमा बर्दियाका एक जोडी किशोरकिशोरीले सामूहिक आत्महत्या गरेका छन् । बर्दियाको धधवार गाविस–७ का शत्रुधन थारु र सोही स्थान की १३ वर्षीय शर्मिला चौधरीले घर भित्रै विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताए । घर बाहिर केटा र केटी पक्षका आफन्तबीच छलफल भइरहेका बेला घरभित्र रहेका उनीहरुले विष सेवन गरेको बोहराले बता...

नौ सय वर्ष पुरानो ढुंगेधारा भेटियो

काठमाडौं । विश्वसम्पदा क्षेत्र स्वयम्भूमा करिब ९ सय वर्षअघिको प्राचिन ढुंगेधारा भेटिएको छ । एक महिनाअघि बाटो विस्तारका क्रममा पुरिएको अवस्थामा ढुंगेधारा निस्किएपछि स्थानीयले पुरातत्व विभागलाई खबर गरेका हुन् । विभाग टोलीले स्थलगत अध्ययनपछि उक्त धारा मध्यकालभन्दा पुरानो रहेको जानकारी दिएको हो ।   ‘धाराको बनावट हेर्दा काठमाडौं उपत्यकाको ढुंगेधारा संस्कृतिसँग मेल खाँदैन,’ विभागका महानिर्देश...

ढुङ्गाले लागेर महिलाको मृत्यु

तम्घास (गुल्मी), २१ फागुन । सडक खन्ने क्रममा डोजरले पल्टाएको ढुङ्गाले लागेर गुल्मीको दिगाममा एक महिलाको ज्यान गएको छ । यसरी ज्यान जानेमा अर्घाखाँची चिदिका गाविस–३ निवासी २० वर्षीया सीता नेपाली रहेकी छन् । शनिबार बिहान दिगाम गाविसअन्तर्गत अँगाहामा औषधोपचार गर्न मोटरसाइकलको पछाडि बसेर जाने क्रममा सडक खन्दै गरेको बा १ क १२०० नम्बरको बुल्डोजरले खसालेको ढुङ्गाले लागेर नेपालीको ज्यान गएको हो । माथ...

पन्ध्र जिल्लामा पोलियो खुवाइँदै

काठमाडौं, २१ फागुन । स्वास्थ्यकर्मीको अवरोधका कारण यसअघि खुवाउन नसकिएका १५ जिल्लामा आज (शनिबार) र भोलि(आइतबार) पोलियो थोपा खुवाइँदै छ । तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरी तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम छ । पोलियो खुवाइने जिल्लामा केही स्वास्थ्यकर्मीले अवरोध गरेमा सुरक्षा व्य...

पश्चिम भारतमा सडक दुर्घटनामा सत्र जनाको मृत्युृ

नयाँ दिल्ली (भारत), २० फागुन । पश्चिम भारतको राजस्थानमा शुक्रबार जिप र ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा तीन महिलासहित १७ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । घटनामा अन्य घाइते भएका छ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । हनुमानगढ जिल्लाको लाखुवाली सहरमा भएको उक्त घटनामा सडकमा उभिरहेका केही व्यक्तिको समेत मृत्यु भएको बताइएको छ । यात्रुले खचाखच जिप र विपरित...

धुर्मुस सुन्तलीः समाजमा खुसी खोज्दै हास्यजोडी

१९ फागुन, काठमाडौं । ‘कथाले मागेपछि’ एक हास्य जोडीले आफ्नो कर्म बदल्छन् । टेलिभिजनको पर्दामा रमाइरहेका उनीहरु त्यस्तो बस्तीमा पुग्छन्, जसलाई विपत्तिले खर्लप्पै निलेको छ । त्यही बस्तीको मुहार उजिल्याउने हुटहुटीसँगै उनीहरुको कथामा ‘ट्वीस्ट’ आउँछ । अन्ततः जन्म हुन्छ, धुर्मुस-सुन्तली फाउन्डेसनको । सीताराम कट्टेल र कुञ्जना घिमिरे अर्थात् धुर्मुस-सुन्तली यसका अभियन्ता हुन् । हास्य शृंखला ‘मेरी बास...

अब विराटनरबाट पनि माउन्टेन फ्लाइट,यतिले थाल्यो सेवा

१४ फागुन, विराटनगर । विराटनगरवाट पर्वतीय उडान (माउन्टेन फ्लाइट) शनिबारबाट सुरु भएको छ । विराट एक्स्पोलाई लक्षित गरी आजबाट तीन दिनसम्म यति एयरलाइन्सवाट पर्वतीय उडान -माउन्टेन ˆलाइट)को व्यवस्था गरिएको हो । विराट एक्स्पो आयोजक समिति एव विराटनगरमा पर्यटनसँग सम्बद्ध संघसंस्था संयुक्त प्रयासमा यति एयरलाइन्स विमानलाई भाडामा लिई पूर्वाञ्चलमै पहिलोपटक पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु गरिएको हो । य...

हात्तीपीडितको सहयोगका लागि पर्यटन महोत्सव

१८ फागुन, बनियानी (झापा) । हात्ती प्रभावित क्षेत्र झापाको बाहुनडाँगीमा हात्तीपीडितको सहयोग तथा ग्रामीण पर्यटन प्रवद्र्धनका लागि कोषको स्थापना गर्ने उद्देश्यले यही फागुन २० गतेदेखि ‘एसियाली ग्रामीण पर्यटन महोत्सव–२०१७’ हुने भएको छ । बाहुनडाँगी गाविस र आसपासका गाविस तथा नगरपालिका क्षेत्रमा रहेका सामाजिक सङ्घसंस्था तथा भारत, भुटान र बङ्गलादेशका पर्यटन प्रवद्र्धन गर्ने संस्थाको संयुक्त आयोजनामा सात...

सिफल चौरमा शेर्पा समुदायको ल्होसार

१६ फागुन, काठमाडौं । शेर्पा समुदायले ग्याल्बो ल्होसार नयाँ वर्षको रुपमा विभिन्न कार्यक्रम गरी मनाएका छन् । काठमाडौं उपत्यकामा बसोबास गर्ने शेर्पा समुदायले सिफलचौरमा भेला भएर ल्होसार मनाए । ग्याल्बो ल्होसार कार्यक्रमको प्रधानमन्त्री प्रचण्डले उदघाटन गरेका थिए । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले आयोजना गरेको कार्यक्रममा आदिवासी शेर्पा समुदाय परम्परागत पोशाक र साँस्कृतिक झाँकीसहित सहभागी थिए । ग्...