भोक लाग्दा किन बढी रिस उठ्छ ?

काठमाडौं- भोकले हाम्रो दिमाग प्रभावित गर्छ । भोकका कारण कतिपय समयमा निकै रिस उठ्ने गर्छ। यदि भोक लागेको छ भने अन्य समय भन्दा धेरै रिस उठ्ने गरेको अनुसन्धानले प्रमाणित गरेको छ। यसको कारण हो- पर्याप्त पोषक तत्व र क्यालोरीबिना हाम्रो मस्तिष्कलाई विकसित हुन र ठीकसँग काम गर्नका लागि संघर्ष गर्नुपर्छ। 'के दैनिक जीवमा केही समय भोकै बस्दा हाम्रो सोच्न तरिका र मुड प्रभावित हुनसक्छ?'  हाम्रो सोचमाथि...

कर्णालीमा चिया र कफी खेतीको सम्भावनाबारे छलफल

कर्णाली : कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवर्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतसँगको समन्वयमा शुक्रबार वीरेन्द्रनगरमा छलफल गरेको हो। अन्तरक्रियामा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीमा चिया र कफी खेतीको अत्यधिक सम्भावना भएको बताए। प्रदेशमा ...

मर्दी हिमाल पदयात्राबाट विदेशी पर्यटक बेपत्ता

कास्कीको मर्दी हिमाल पदयात्राका क्रममा एक पर्यटक सम्पर्कविहीन भएका छन् । शनिबार बिहान ४ बजे हाइक्याम्पमा रहेको म्याजिक माउन्टेन होटलबाट पानीको बोतल र टर्चलाइट बोकेर बेसक्याम्पतिर लागेका स्विडेनका मिची नाम गरेका पर्यटक साँझसम्म होटल नफर्केको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष राम गुरुङले जानकारी दिए । मर्दी हिमाल पदयात्रा माछापुच्छ्रे गाउँ पालिकामा पर्छ। पालिकाले पछिल्लो समय पर्यट...

रहिनन् गायिका दिलमाया खाती

‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा तिमीलाई भेट्न आउँदैछु फर्की रमाईलो गाउँमा…’ यो वर्षको दशैं नजिकिँदै गर्दा यो गीत रेडियोबाट बज्न थालेको छ । तर यो गीतकी अग्रज गायिका दिलमाया खाती अब हामीमाझ रहिनन् । पूर्वी भारतको दर्जिलिङमा रहेर संगीत साधना गर्दै आएकी उनको म‌गलबार राती दर्जिलिङमा ८४ वर्षको निधन भएको छ । गायिका खाती लामो समयदेखि दम रोगबाट पीडित थिईन् । उनलाई सोही रोगले हामीबाट टाढा ल...

गर्भ रहेपछि बाहिरियो सामूहिक बलात्कारको घटना

डडेलधुरा, । गत ३० भदौमा भागेश्वर गाउँपालिका–३ मा स्वास्थ्य शिविर भयो । गाउँपालिकाको नियमित कार्यक्रम अन्तर्गत भएको शिविरमा भिडियो एक्स-रे सेवा पनि सञ्चालन गरिएको थियो । सोही शिविरमा आइन स्थानीय २० वर्षीया युवती (विवाहित) । केही महिनादेखि पेट दुख्ने समस्या देखिएको थियो उनको । भिडियो एक्सरेमा पाँच महिनाको गर्भ रहेको देखायो । परिवारका सदस्य जिल्ल परे । किन भन्दा ती युवतीका श्रीमान् विगत डेढ वर्षदे...

गायिका रोशनी पन्तकाे तीज गीत ‘‘छोरीका वेदना’ सार्वजनिक

काठमाडौं ।  गायिका रोशनी पन्तको स्वर, लयमा मौलिक तीज गीत ‘छोरीका वेदना’ सार्वजनिक भएको छ । गीतकार बसन्तराज पन्तको शब्द सिर्जना रहेको गीत ‘छोरीका वेदना’ लाई विनाेद बाजुरालीकाेले संगीत संयोजन गरेका छन् । ‘छोरीका वेदना’मा बाआमा, दाजुभाइ र वरपरका खेतबारी, वनजंगल र मेलापातको सम्झना एवं एउटा महिलाको विभिन्न रुप भएर भोग्नुपरेको पीडालाई पनि गीतमा उतारिएको छ । छोरीले घरमा भोग्नुपरेका समस्याहरु समेटिए...

गरिव दुखीसँगै मनाए सञ्चारकर्मी, गायक तथा सर्जक राज कुमार रायमाझीले जन्मदिन

काठमाडौ । लोकप्रिय सञ्चारकर्मी, गायक, सर्जक तथा अभिनेता राज कुमार रायमाझीले गरिव दुखीसँगै आफ्नो जन्मदिन मनाएकाछन । पशुपतिनाथ मन्दिरमा जय महाकाल युवा समुहद्वारा संचालित भोकलाई भोजन प्यासीलाई पानी अभियान चलाएको कार्यक्रममा रायमाझीले चामल, मस्र्यौरा, तरकारी प्रदान गरेर आफ्नो जन्म दिन मनाएका हुन । जय महाकाल युवा समुहले हरेक दिन करिब एक सय जना भन्दा बढि अत्यन्तै पीडितहरुलाई बिहान र बेलुकी खाना खुवा...

मुगुमा जिप दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाडौं : मुगुस्थित सोरु गाउँपालिका–७ चिप्लेगाडामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। सोरु गापा–७  का वडासदस्य लोकजङ्ग नेपालीको उपचारको क्रममा मृत्यु भएको हो। मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतका यसअघि हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुईजना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियारको मृत्यु भएको थियो। सोरु गापा–७ सिप गाउँका चालक दिनेश लाव...

‘ब्रा’भित्र लुकाइएको अवस्थामा भेटियो सुन

पोखरा : पोखरामा झापाकी एक महिला सुनसहित पक्राउ परेकी छन्। झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौंको जोरपाटीमा बस्दै आएकी ४५ वर्षीया कल्पना गुरुङलाई पोखरा प्रहरीले नियन्त्रणमा लिएको हो। बिहीबार बिहान करिब साढे ७ बजे कास्कीको पोखरा महानगरपालिका–९ स्थित बसपार्कबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी काठमाडौंबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा सवार थिइन्। बसबाट ओ...

त्रिपुरासुन्दरी शक्तिपीठका सिँढी तोडफोड

जाजरकोट : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ। मन्दिरको दक्षिणतिरको एक हजार आठ सिँढीमध्येका १६ सिँढी अज्ञात समूहले तोफफोड गरेको हो। हिन्दूहरुको पवित्र शक्तिपीठसँगै मन्दिर जन्माउने मन्दिरका रूपमा परिचित त्रिपुरासुन्दरीमा शृङ्खलाबद्ध रूपमा तोडफोड भइरहेको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्या...