त्रिपुरासुन्दरी शक्तिपीठका सिँढी तोडफोड

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  311 पटक हेरिएको

जाजरकोट : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ। मन्दिरको दक्षिणतिरको एक हजार आठ सिँढीमध्येका १६ सिँढी अज्ञात समूहले तोफफोड गरेको हो।

हिन्दूहरुको पवित्र शक्तिपीठसँगै मन्दिर जन्माउने मन्दिरका रूपमा परिचित त्रिपुरासुन्दरीमा शृङ्खलाबद्ध रूपमा तोडफोड भइरहेको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले जानकारी दिए।

विभिन्न सरकारी निकायबाट सहयोग मागेर बनाइएका सोह्रवटा सिँढीका ढुङ्गा हथौडा प्रयोग गरेर तोडफोड गरिको उनले जानकारी दिए।

कसले कुन कारणले सिँडी फुटायो अझै पत्ता नलागेकाले पत्ता लगाउन सम्बन्धित निकायलाई आग्रहसमेत गरिएको छ । यसअघि पनि अज्ञात समूहले मन्दिरका सिँढी तोडफोड गरेको थियो।

त्रिपुरासुन्दरी मन्दिर दर्शनका लागि देशविदेशबाट भक्तजनहरु आउने गर्छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार