देश गम्भीर संकटमा फस्दै छ : बाबुराम

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देश गम्भीर संकटमा फस्‍ने बताएका छन् । एकातिर कोरोना महामारी र अर्कोतिर अन्त्य हीन राजनीतिक गतिरोधले देश गम्भीर संकटमा फस्‍न लागेको बताएका हुन्। ‘देश गम्भीर संकटमा फस्दैछ’ भट्टराईले सामाजिक सञ्जाल ट्‍वीटरमा लेखेका छन्, ‘एकातिर कोरोना महामारी र अर्कोतिर अन्त्य हीन राजन...

अपरिचित पुरुषको अंगालोमा बेरिएको फोटो भेटेका श्रीमानले श्रीमती अझै भेटेनन्

लमजुङ । लमजुङमा एक २४ वर्षीया महिला आफ्नो तीन वर्षीय छोरासहित बेपत्ता भएकी छन् । करिब एक महिनादेखि वेपत्ता उनी घर र माइतको सम्र्पकमा नआएपछि खोजीका लागि माइती पक्षले मानवअधिकारकर्मी, पत्रकार तथा प्रहरीलाई अनुरोध गरेको छ । समुदायमा कोभिड– १९ संक्रमणको त्रास फैलिईरहेको बेला लमजुङको मध्यनेपाल नगरपालिका– २ तान्द्राङटक्सार गाउँकी २४ वर्षीया राजी रिमाल अछामी ३ वर्षीय छोरा संस्कारलाई लिएर बैशाख ९ गतेदे...

प्रधानमन्त्रीको शपथविरुद्ध सर्वोच्चमा ४ रिट दर्ता

काठमाडौं । प्रधानमन्त्रीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा चारवटा रिट परेको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् । प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको शपथ भन्दा फरक परेको भन्दै उक्त शपथ बद...

निर्देशक तथा साहित्यकार चेतन कार्कीको निधन

काठमाडौं । नेपाली चलचित्रका सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । उनको ८४ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । गत आइतबार कोरोना संक्रमित भएपछि उनलाई छाउनीस्थित अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान १० बजे उपचारका क्रममा निधन भएको हो । उनको निधनमा चलचित्रकर्मीले दुःख व्यक्त गरेका छन् । चेतन कार्कीले ‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका ...

कडा सुरक्षाबीच तानियो रातो मच्छिन्द्रनाथको रथ

काठमाडौं : कोरोना महामारीका बीच पनि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिएको छ। हरेक वर्ष मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चौथो दिनमा रथ तान्ने चलन छ। कोरोना संक्रमणको जोखिम बढे पछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति लगिने छ। रथमा राखिएका मच्छिन्द्रनाथको बिहानको नित्य पूजा पछि हल्लाइएको थियो भने अपरान्ह रथ तानिएको हो। गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ...

लेटाङमा एक युवकको हत्या

विराटनगर । मोरङको लेटाङमा एक युवकको हत्या भएको छ । शुक्रबार राति लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले लेटाङ–३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूलाई पक्राउ गरेको छ । लेटाङको त्रिशूली चोकमा दर्जी र लिम्बूको विवाद राईसँग भएको थियो । विवादकै क्रममा दुई जनाले छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले जानकारी दिए । हत...

प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीस दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गनुपर्ने संवैधानिक स्थिति रहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (३) अनुसार प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्य भएको दल नेकपा (एमाले) संसदीय दलको नेताका रुपमा बिहीबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (...

सिकारी र प्रहरीबिच गोली हानाहान

सर्लाहीको ईश्वरपुर नगरपालिका–४ सागरनाथबाट तीन नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईश्वरपुर–४ सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा निलगाई मारेर छापा काट्दै गर्दा एक जनासहित तीन नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढङ्गानाले जानकारी दिए । चार÷पाँच जनाको समूहका रहेका सिकारीले जङ्गलबाट निल...

विवाह भोजमा जाँदा एकै घरका तीन जनाको कोरोना सङ्क्रमणबाट गयो ज्यान

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् । उनीहरूमध्ये ८७ व...

बाबुको काजकिरिया गर्दै १६ बर्षीया छोरी

तुलसीपुर । हिन्दूसंस्कार अनुसार कुनै व्यक्तिको मृत्यु भएमा छोराले काजकिरिया गर्ने चलन छ । मृत्युपछि छोरा नभए दाजुभाइ वा दाजुभाइका छोराले धर्म र संस्कृति अनुसार दशगात्र(काजकिरिया) कर्म गर्ने चलन छ । समयअनुसार समाजको सोच र परम्परा पनि बदलिँदैछ । छोरा नहुने आमाबुबाको मृत्युपछि स्वर्ग पुगिदैन् भन्ने साेंचलाई अहिले छोरीले तोड्न थालेका छन् । पुरानो मान्यता तोड्दै दाङको तुलसीपुरमा बाबुको निधनपछि १६ बर...