अश्लिल भिडियो देखाएर छोरी बलात्कार गर्ने पक्राउ

पोखरा । आफ्नै १३ वर्षीया नाबालिग छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३९ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ति पुरुषले आफ्नै छोरीलाई विगत केही वर्ष अगाडिदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएका थिए । गएको मंसिर ६ गते फकाई फुल्याई होटलमा लगेर अश्लिल फोटो एवं भिडियो देखाएर बलात्कार गरेका थिए । पक्राउपछि जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रकृया अगा...

बालिका बलात्कार/हत्या प्रकरण : प्रहरीको गोलीबाट घाइतेको मृत्यु भएपछि बर्दिबास फेरि तनावग्रस्त

बालिका बलात्कार तथा हत्यासविरुद्ध प्रदर्शन गर्ने क्रममा प्रहरीले हानेकाे गोली लागी घाइते भएका एक जनाको मृत्यु भएपछि महोत्तरीको बर्दिबास बुधबार बिहानैदेखि फेरि बन्द गरिएकाे छ। हत्याविरुद्ध मंगलबार बर्दिबासमै विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले गोली चलाउँदा घाइते भएका सञ्जय न्यौपानेको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो। त्यसैको विरोधमा स्थानीय बासिन्दाले आज (बुधबार) बिहान साढे ८ बजेदेखि फे...

पसल गएकी बालिकाको हत्या

जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिकामा एक जना बालिकाको हत्या भएको छ । बर्दिवास नगरपालिकाको वडा नम्बर १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको हो । उनी आइतबार साँझदेखि वेपत्ता थिइन् । उनको शव सोमबार राति घर नजिकैको खेतमा फेला परेको छ । बालिकाको हत्या गरेर बोरामा फ्याँकिएको अवस्थामा राति १ बजेतिर शव फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डिएसपी राजन चाप...

कक्षा १२ को परिक्षा सुरु, डेढ घन्टामा सकिने

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै गर्न लागेको हो । बिहान ८ बजेबाट सुरु भएको परीक्षा साढे एक घण्टाको हुने छ । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आ...

सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलागौँ : प्रधानमन्त्री ओली

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै उनले सरकार मुलु...

निजगढ विमानस्थल: गुरुयोजना बनाउने कम्पनी छनोट

काठमाडौँ, मङ्सिर ८ गते । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न कम्पनी छनोट भएको छ । अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) ले गुरुयोजना बनाउने जिम्मा पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विमानस्थलको अद्यावधिक गुरुयोजना तयार गर्न कम्पनी छनोट भएको...

बलात्कारमा संलग्न १६ वर्ष जेल बस्नु पर्ने, मिलापत्र गराउनेलाई तीन वर्ष कैद

काठमाडौं । बलात्कारमा संलग्नको सजाय बढाउने र मिलापत्र गराउनेलाई अपराध कानूनको दायरामा ल्याउने गरी सरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । राष्ट्रपतिबाट प्रमाणित भए पछि लागू हुनेछ । अध्यादेशमार्फत बलात्कारको सजाय समेत बढाइएको छ । अब १४ वर्षदेखि १६ वर्षसम्म व्यक्ति बलात्कारमा १२ देखि १६ वर्षसम्म कैद सजाय हुने भएको छ । यसअघि यस्त...

आजबाट राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ सर्वसाधारणलाई खुला

काठमाडाैं । ऐतिहासिक नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार औपचारिक रूपमा अवलोकनका लागि खुला भएको जानकारी गराएसँगै आइतबारबाट ‘श्री सदन’ सर्वसाधारणका लागि खुला हुनेछ । शनिबारबाट खुला भएको औपचारिक घोषणा गर्दै पर्यटनमन्त्री भट्टराईले अब यस दर...

अभिनेता राजेश हमालको म्युजिक भिडियो मोड

काठमाडौं । अग्रज अभिनेता राजेश हमाल पछिल्लो समय म्युजिक भिडियोमा बढी व्यस्त हुन थालेका छन् । भिडियोप्रति उनको मोह अचम्मले बढेको छ । लकडाउनका कारण लामो समय मौन रहेका उनी गत असोजबाट म्युजिक भिडियोतर्फ सक्रिय भएका हुन् । गत असोजमा विपन्न प्राविधिकहरूलाई राहत प्रदान गर्ने क्रममा उनले अब केही समय आफू राम्रा गीतको म्युजिक भिडियोमा सक्रिय रहने बताएका थिए । सो घोषणापछि राजेशलाई एकपछि अर्को म्युजिक भिडि...

स्नातक तहको शैक्षिक सत्र खेर नजाने

काठमाडौँ, । कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको जानकारी विश्वविद्यालयले दिएको छ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक प...