साताव्यापी ५१ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै

काठमाडौं, १८ भदौं – आजदेखि एक साता सम्म ५१ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ । अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरले ३८ औं राष्ट्रिय शिक्षा दिवस र ५१ औं अन्तराष्ट्रिय साक्षरता दिवस साता व्यापी मनाउने भएको हो । केन्द्रका अनुसार अझै ३७ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्न बाँकी रहेकाले आजदेखि अभियानात्मक दिवस मनाउने भएको हो ।  यसबर्षको नारा “संघीय नेपाल स...

पोखरा रामघाटस्थित बौद्ध अघौँ सदनको हातामा विद्युतीय शवदाह गृह निर्माण गरिने

पोखरा, १७ भदौ । पोखरा–लेखनाथ महानगरपालिकाको रामघाटस्थित बौद्ध अघौँ सदनको हातामा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ । सरकारको झण्डै १३ करोडको लागतमा निर्माण हुने सो शवदाह गृहमा एकै चोटी तीनवटासम्म शव जलाउन सकिने बौद्ध अघौँ सदनका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिनुभयो । कास्कीमा गुरुङ समुदायको बस्ती बढ्दै गएको र दैनिक तीनदेखि सातवटा शव जलाउनु पर्ने भएकाले विद्युतीय शवदाह गृह निर्माण गर्न...

राप्रपा विभाजन प्रकरणः दुवै पक्षलाई भदौ २६ मा उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) तत्काल सरकारमा सहभागि हुन नपाउने भएको छ । राप्रपा विवादसम्बन्धि सर्वोच्चमा परेको रिटमा छलफलका लागि भदौ २६ गते सर्वोच्चले बोलाएपछि त्यसयता उसको सरकारमा जाने योजना पुरा नहुने भएको हो । राप्रपा अध्यक्ष कमल थापाले निर्वाचन आयोगले पशुपति शम्शेर राणाको पार्टी राप्रपा प्रजातान्त्रिकलाई बिना आधार दल दर्ताको प्रमाणपत्र दिएको भन्दै सर्वोच्च अदालतमा ...

७० बर्षीय दुर्गेले आफूलाई उच्च शिक्षा अध्ययनका लागि वातावरण मिलाइदिन सरकारसँग आग्रह

काठमाडौं : ७० बर्षीय दुर्गे कामीले आफूलाई उच्च शिक्षा अध्ययनका लागि वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग उनकै कार्यकक्ष सिंहदरबारमा आइतबार भेट गरी कामीले उच्च शिक्षा अध्ययनका लागि वातावरण मिलाई दिन अनुरोध गरेका हुन् । परराष्ट्र मन्त्रालायमा मन्त्री महरालाई भेटी स्याङ्जाको श्री काला भैरव माविबाट एसइई परीक्षा पास गरेको जानकारी गराउँदै कामील...

यशुलार्इ विश्वास गरेर झक्कु चौधरीले आफ्नी १९ वर्षीया छोरी गुमाए

कैलाली,साउन १३ | यो संसारका जन्मदाता, सृष्टिकर्ता भनेकै परमपरमेवर यशु ख्रिष्ट नै हुन् । मानिसहरूको पापमोचन गर्नका लागि यशु ख्रिष्ट क्रुसमा झुण्डिएका थिए । उनीमा विश्वास गरेको खण्डमा सम्पूर्ण रोगव्याधीको अन्त्य हुन्छ भन्ने विश्वासमा परेका कैलाली जिल्लाको उर्मा–६ का झक्कु चौधरीले आफ्नी छोरीसमेत गुमाएका छन् । झाडापखाला लागेकी छोरीलाई अस्पताल लैजाननुको सट्टा दुई दिनसम्म घरमै पाश्चर गोपाल चौधरीको बा...

सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदी सात लाख रुपैयाँसहित पक्राउ

१३ साउन, चितवन । सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदी झण्डै सात लाख रुपैयाँसहित पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटको गाडी चढेर सर्लाहीबाट आफ्नो घर चितवन आइरहेका बेला प्रहरीले राप्ती नगरपालिकाको लोथर चेक प्वाइन्टबाट शुक्रबार मध्यान्ह पक्राउ गरेको हो । चितवन प्रहरी प्रमुख दीपक थापाका अनुसार सुवेदी र गाडी चालकसहित तीन जना पक्राउ परेका छन् । सुवेदीको साथबाट ६ लाख ९५ हजार रुपैयाँ बरामद स...

पुल भाँचिएर बस खोलामा, दुई जनाको चेपिएर मृत्यु

 लमजुङ र कास्की जोड्ने रुदी दोभानको अस्थायी पुलबाट बस खस्दा दुई जनाको चेपिएर मृत्यु भएको छ । दुई महिलालाई खोलाले बगाएको स्थानीयले बताएका छन् । बाढीले पुलको जग कमजोर बनाएपछि जग हल्लिएको र पूल समेत भाँचिन जाँदा बस खसेको यात्रुहरुले बताएका छन् । चेपिएर मृत्यु भएका दुई जना पुरुष रहेको उनीहरुले बताएका छन् । उनीहरुको उद्धार हुन सकेको छैन । पानीभित्रै रहेकाले बस उद्धारका लागि क्रेन चाहिने र भोर्लेटारब...

ट्राफिक प्रहरी महाशाखा प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक सवेन्द्र खनाल नियुक्त

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सवेन्द्र खनाल नियुक्त भएका छन् । ट्राफिक प्रहरीको कारबाही निष्प्रभावी भएको भन्दै महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) मिङमार लामालाई हटाएर खनाललाई ल्याइएको हो । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले खनाललाई मंगलबार नै हाजिर हुने गरी महाशाखा पठाएका छन् । खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएका चुनौत...

बग्यो चीनले बनाइदिएको लार्चा पुल —उत्तरी सीमा नाका तातोपानी नाकाबन्दीमा

लार्चा (सिन्धुपाल्चोक)— चट्टाने ढिस्को खसेर लार्चा पुल भाँचिएपछि उत्तरी सीमा नाका तातोपानी नाकाबन्दीमा परेको छ। तातोपानीबासीको सवारी र पैदल यात्रा गर्ने एक मात्र बिकल्प त्यही पुल थियो। पुलै नरहेपछि तातोपानीबासी गाउँमै थुनिएका हुन्। पाल–चीन जोड्ने तातोपानीको मितेरी पुलभन्दा झण्डै ५ किमी तल भोटेकोसी नदीमाथि रहेको पुल आइतबार राति चट्टाने ढिस्को खस्दा भाँचिएको हो। पुलको बीचमा ढिस्को बिज्रँदा तत्कालीन...

प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ: व्यवस्थापिका-संसद् बैठकले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४' माथि विचार गरियोस् भनी पेश भएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री जनार्दन शर्माले सदनको आइतबारको बैठकमा सो विधेयकमाथि विचार गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । छलफलमा भाग लिँदै नेपाली कांग्रेसका रामहरि खतिवडाले समयमा निर्वाचन सम्पन्न गर्नु सबै दलको दायित्व रहेको भन्दै प्रतिनिधिसभामा प्र...