मधेशी मोर्चा निर्वाचन बहिष्कार र अान्दोलनको तयारी गर्दै

काठमाडाैं बैशाख १ । संघीय गठबन्धन केन्द्रीय आन्दोलन मूल परिचालन समितिको बैठक संघीय समाजवादी फोरमले सरकारकाे नयाँ स‌ंविधान संशाेधन प्रस्तावका  विरुद्ध अर्काे अान्दाेलनकाे तयारी गरेकाे छ । चैत्र २९ गते नेपाल सरकारद्घारा व्यवस्थापिका संसद्मा प्रस्तुत गरिएको संविधान संशोधनको विधेयक मधेशी, आदिवासी जनजाति, खस, थारु, मुस्लिम, शिल्पी (दलित), अल्पसंख्यक तथा सीमान्तकृत लगायतका समुदायहरुले उठाएका मागह...

वर्ष समीक्षा : २०७४ को काँधमा तीन चुनाव, सीमांकनको सकस

काठमाडौ – नयाँ संविधानले परिकल्पना गरे अनुसारको राजनीतिक पूर्वाधार तयार गर्नका लागि निकै महत्वपूर्ण वर्ष थियो(२०७३ । मुलुकलाई राजनीतिक स्थिरता दिदै विकास र समृद्धितर्फ मोड्ने मुख्य घुम्ती २०७३ देखि सुरु हुन सक्थ्यो । तर राजनीतिक अन्योल र विवादको घनचक्करमा एक वर्ष त्यत्तिकै गुमेको छ । नयाँ वर्ष २०७४ को बिहानीलाई स्वागत गरिरहँदा राजनीतिक गतिरोध र विवाद उस्तै छ । संविधानअनुसार दुईवर्ष भित्र तीन तहका...

जग्गा अतिक्रमण रोक्न कुलमान आफैं क्रेन लिएर बालाजु

 काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जग्गा अतिक्रमण रोक्न क्रेन लिएर आफैं बालाजु पुगेका छन् । प्राधिकरणको सब-स्टेशन र ग्रामीण विद्युतीकरण निर्देशनालय रहेको जग्गामा अतिक्रमण गरेर स्थानीयले बाटो बनाएको खबर पाएपछि कुलमान आफैं त्यहाँ पुगेका हुन् । उनले प्राधिकरण स्वामित्वको जग्गामा अनुमति नलिई बनाउन लागिएको बाटो रोक्न क्रेनको सहयोगमा पोलहरु तेर्स्याए । जग्गा अतिक्रम...

हत्या गरेको अवस्थामा भेटियो बझाङमा घरभित्र बृद्धाको शव

बझाङ, चैत २९ । बझाङको जयपृथ्वी नगरपालिका–४ गोलाईमा ७१ वर्षकी एकल महिला हंसादेवि उपाध्यायको हत्या भएको छ । उपाध्यायको शव सोमबार राति घरभित्र मुखका पट्टी र डोरीले हात खुट्टा बाँधेको अवस्थामा भेदिएको परेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । उहाँको केही दिनअघि नै हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । गाई कराउन थालेपछि छिमेकीले खोजी गर्दा उहाँ मृत अवस्थामा घर भित्रै देखेपछि प्रहरीला...

संविधान संशोधनको नयाँ विधेयक संसदमा दर्ता

२९ चैत, काठमाडौं । सरकारले चार महिनाअघि दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिएलगत्तै मंगलवार साँझ नयाँ विधेयक संसदमा दर्ता गराएको छ । प्रदेशको सीमांकन हेरफेरका लागि सीमांकन आयोग गठन गर्ने र संविधानको धारा २७४ को प्रदेश सीमांकन फेरबदलसम्बन्धी प्रावधान नै संशोधन गर्ने गरी विधेयक दर्ता भएको हो । सरकारको तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले मंगलबार साँझ संसद सचिवालययमा संविधान संशोधन विध...

आदिवासी जनजाति युवा महासंघ अध्यक्षमा जिएस गुरुङ

इटहरी :  आदिवासी जनजाती युवा महासंघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन सोमबार विभिन्न निर्णय गर्दै सुनसरीको इटहरीमा सम्पन्न भएको छ । ‘अधिकार, पहिचान, रोजगारी र एकताको लागी हाम्रो सक्रियता, आदिवासी जनजाति युवाहरुको साझा प्रतिवद्धता’ भन्ने मुल नाराको साथ सम्पन्न महाधिवेशनले ३९ सदस्यीय केन्द्रिय कार्यसमिति चयन गर्नुका साथै ११ बुँदे इटहरी घोषणापत्र जारी गरेको छ । महाधिवेशले जिएस गुरुङ्गको अध्यक्षत...

बैशाख १६ मा खड्ग गर्वुजा एकल लोक गायन कार्यक्रम हुदै

  मनास्लु पोष्ट—काटमाडौ । अग्रज श्रष्ट्रालाई सम्मान,नव प्रतिभालाई पोत्साहन भन्ने मुल नारा सहित मौलिक नेपाली लोक संगीतको संरक्षण,सवद्धन गर्न र कलाकार कल्याणकारी कोष स्थापना गर्ने उद्देश्यको साथ म्याग्दी कलाकार संघ काठमांडौले नव बर्ष २०७४ को अवसर सँगै यहि बैशाख १६ गते शनिवार १ बजेदेखि प्रज्ञा भवन कमलादीमा मोना आइ इ सी खड्ग गर्वुजा एकल लोक गायन कार्यक्रम आयोजना गरेको छ । हेर्दा हेर्दै का...

‘दलीय चुनाव चिन्हबाट बञ्चित गरिनु बहुदलीय प्रतिस्पर्धामाथिको प्रतिबन्ध’

काठमाडौं – नयाँ शक्ति पार्टीसहित दलीय चुनाव चिन्हबाट बञ्चित ६५ राजनीतिक दलहरुले संयुक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् । बिहीबार काठमाडौंमा सम्पन्न ती दलहरुबीचको संयुक्त अन्तरक्रिया कार्यक्रममा नेताहरुले चुनावमा भाग लिनको लागि दलीय चुनाव चिन्ह पाउनुपर्ने आफ्नो संवैधानिक अधिकारलाई सरकारले कुण्ठीत गरेको आरोप लगाएका छन् । ‘स्थानीय तह निर्वाचन र बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्र’ शीर्षकम...

हलेसीमा रामनवमी मेला, दर्शनार्थीको घुइँचो

खोटाङ, २३ चैत । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको छ । रामनवमीको अवसरमा १५ दिनसम्म लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको आज बिहानैदेखि बाक्लो भीड लागेको हो । मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायतका हजारौँ दर्शनार्थीको उपस्थिति रहेको छ । हिन्दू, बौद्ध र किरातधर्मावलम्बीको सङ्गमस्थल...

डोल्पालीको मोटर चढ्ने सपना चाँडै पूरा हुने

चैत १८, डोल्पा । डोल्पा सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक सञ्जालको पहुँच पुर्याउन नेपाली सेना सडक निर्माण कार्यमा अहोरात्र खटिएको छ । जाजरकोट—डोल्पा सडकखण्डको जम्मा ११७.७ किमी सडकमध्ये एकसय आठ किमी सडक निर्माण कार्य सम्पन्न भइसकेको र नौ किमी सडक मात्र बाँकी रहेको र अबको एक वर्षभित्रै सदरमुकाम दुनै जोड्ने लक्ष्य रहेको सेनाले जनाएको छ । अहिले त्रिवेणी—करोपगाड सडकखण्डको निर्माण कार्य तीव्र पारिएको ...