पर्वतको महाशिलाले पनि ब्रान्डिङ गर्न थाल्यो घरेलु मदिरा

पर्वत : पर्वतको महाशिला गाउँपालिकाले ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिरालाई ब्रान्डिङ गर्न थालेको छ। मदिरा ब्रान्डिङका लागि पालिकाले अनुसन्धान शुरु गरेको हो। पालिकाका विभिन्न वडामा व्यावसायिक रुपमा उत्पादन हुँदै आएको कोदो, भात, सुन्तला, किबीलगायतको मदिरालाई ब्रान्डिङ गर्न पालिकाले अनुसन्धानको कामलाई सर्च नेपालसँगको सहकार्यमा अघि बढाएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बत...

लान्द्रुकमा हनी हन्टिङ महोत्सव हुँदै

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७, लान्द्रुकमा हनी हन्टिङ महोत्सव २०८१ हुने भएको छ । पर्यटकीय गाउँ लान्द्रुकमा आउँदो जेठ ८ देखि १० गतेसम्म महोत्सव हुने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गर्न, स्थानीय कला र संस्कृतिलाई संरक्षण र प्रवर्द्वन गर्न महोत्सव आयोजना गरिएको मूल आयोजक समिति अध्यक्ष सुरेश गुरुङले बताउनुभयो । “महोत्सवमा मोदी खोला क...

मर्दी हिमाल पदयात्राबाट विदेशी पर्यटक बेपत्ता

कास्कीको मर्दी हिमाल पदयात्राका क्रममा एक पर्यटक सम्पर्कविहीन भएका छन् । शनिबार बिहान ४ बजे हाइक्याम्पमा रहेको म्याजिक माउन्टेन होटलबाट पानीको बोतल र टर्चलाइट बोकेर बेसक्याम्पतिर लागेका स्विडेनका मिची नाम गरेका पर्यटक साँझसम्म होटल नफर्केको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष राम गुरुङले जानकारी दिए । मर्दी हिमाल पदयात्रा माछापुच्छ्रे गाउँ पालिकामा पर्छ। पालिकाले पछिल्लो समय पर्यट...

धवलागिरि आरोहणका लागि २३ जनालाई अनुमति

म्याग्दी : शरदयाममा म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि २३ जनाले अनुमति लिएका छन्। संसारको सातौँ (आठ हजार एक सय १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ। विभिन्न ट्रेकिङ कम्पनीमार्फत चार वटा समूहका १२ पुरुष र ११ महिला पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ। विभागका अनुसार धवलागिरि हिमाल आरोहणको अनुमति लिएका अरोहीह...

नेपालमा यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

काठमाडौँ,। आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकारवाला निकायले समन्वयका साथ विभिन्न कार्यक्रमका साथ दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउ...

उजाडिँदै भोजपुरको ऐतिहासिक टक्सार बजार

भोजपुर, साउन २० गते । बराइँसराइका कारण भोजपुरको ऐतिहासिक टक्सार बजार उजाड जस्तै भएको छ । तत्कालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजार उजाड हुँदै गएको हो । यहाँका मानिसहरु घर छाडेर अन्यत्र बसोबास गर्दा कलात्मक रुपमा निर्माण गरिएका घरहरु जीर्ण भएका छन् भने बजारको स्वरुप पनि बिग्रँदै गएको छ । कतिपय घरहरु भत्किन थालेका छन् । विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकले ‘मि...

त्रिपुरासुन्दरी शक्तिपीठका सिँढी तोडफोड

जाजरकोट : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ। मन्दिरको दक्षिणतिरको एक हजार आठ सिँढीमध्येका १६ सिँढी अज्ञात समूहले तोफफोड गरेको हो। हिन्दूहरुको पवित्र शक्तिपीठसँगै मन्दिर जन्माउने मन्दिरका रूपमा परिचित त्रिपुरासुन्दरीमा शृङ्खलाबद्ध रूपमा तोडफोड भइरहेको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्या...

फेवा किनारका ५ सय संरचना भत्किएलान् ?

पोखरा । पोखराको फेवाताल यतिखेर जलकुम्भीले ढाकिँदो छ । यहाँ मिसिने खहरेहरूबाट बर्खामा ठूलो परिणाममा ढुंगामाटो आएर पुरिन्छ । प्राकृतिक अतिक्रमणकै कारण बर्सेनि तालको क्षेत्रफल घट्दो छ । यति भए त हुन्थ्यो, ताल मानवीय अतिक्रमण चपेटामा उस्तै छ । तालको मापदण्ड मिचेर घरटहरालगायत विभिन्न संरचना ठड्याएर दोहोन गर्नेहरू सयौं छन् । ताल छ र त पोखराको अस्तित्व छ । यहाँको पर्यटन छ । यो कसैले बुझ्दैन । ताल स...

लेकतिर उक्लिन थाले भेडी गोठ

मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका छन् । औलमा गर्मी बढेसँगै भेडीगोठ माथिल्लो क्षेत्रतर्फ सार्न थालेका हुन् । छ महिना बेसी बस्ता भेडाबाख्राको घाँस र दाना सकिने हुँदा हरेक वर्ष गोठाला लेक–बेसी ...

विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पा २७औं पटक सगरमाथा शिखरमा

काठमाडौं । विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पा २७औं पटक सगरमाथाको शिखरमा पुग्न सफल भएका छन् । सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरागाईंले दिएको जानकारीअनुसार आरोही शेर्पा आफ्नो यसअघिको कीतिमानी तोड्दै बुधबार बिहान साढे ८ बजे २७ औंपटक सगरमाथाको शिखरमा पुगेका हुन् । ‘एक जना विदेशी आरोहीलाई लिएर शेर्पा बिहान सगरमाथा शिखरमा पुगेको सो ट्रेक्सले जनाएको छ । यसअघि २६ पटक औं पटक सगरमाथाको सफल आ...