दुबै खुट्टा हिउले खाइसकेको अवस्थामा एक भारतिय फेला

मनास्लु पोष्ट मनाङ हुदै लार्के पास गरेर मनास्लु घुम्न गएका एक भारतिय नागरिकको दुबै खुट्टा हिउले खाइसकेको अवस्थामा वि गा.वि.सको वि फेदीको बाटोमुनि ओदारमा फेला परेका छन ।उनको दायाँ बायाँ दुवै खुट्टा हिउले छियाछिया पारेको छ । वेहोस अवस्थामा स्थानियले भेटे पछि उनको सामान्य उपचारको लागी समाजसेवी एवं पर्यटन व्यावसायी लाक्पा डुण्डुप लामा र पो्रक ७ मा रहेका माउण्टेन चियलका डा. बिरेन्द्रले सहयोग गर्नुक...

धौलागिरि पदमार्गको नक्सा तयार

म्याग्दी । हिमाली क्षेत्रमा पर्यटक भित्र्याउनका लागि म्याग्दी हुँदै रुकुम र डोल्पा जोड्ने गरी पहिचान गरिएको पश्चिम धौलागिरि’ पदमार्गको नक्सा तयार गरिएको छ । रुकुमका युवा पर्वतारोही मनबहादुर खत्रीको प्रयासमा हिमाली क्षेत्रलाई समेटेर विभिन्न रुट पहिचान गरिएको उक्त पदमार्गको हालै विभिन्न निकाय र सङ्घसंस्थाको आर्थिक सहयोगमा नक्सा तयार गरिएको हो । म्याग्दीमा हालै सञ्चालनमा आएको धौलागिरि सेन्चुरी ...

सगरमाथा आरोहीले झुक्याको भन्दै पर्यटन विभागले अब जीपीएस सिस्टममार्फत् ट्र्याकिङ प्रयोग गर्ने

मनास्लु पोष्ट चैत ८, काठमाडौं । नेपाल सरकारले सगरमाथा आरोहीहरुलाई जीपीएस सिस्टममार्फत् ट्र्याकिङ गर्ने भएको छ । त्यसका लागि पर्यटन विभागले सरोकारवालासँग छलफल अघि बढाएको छ । सुरुमा परीक्षणको लागि प्रयोग गर्ने र पछि सबै आरोहीलाई ट्र्याकिङ गर्ने योजना बनाइएको छ । केही आरोहीले सगरमाथा सफलतापूर्वक चढेको भन्दै झूटो विवरण दिने गरेको पाइएपछि सरकारले जीपीएस सिस्टममार्फत् ट्र्याकिङ गर्न लागेको हो । जी...

विश्वका ८ गगनचुम्बी हिम चुचुरोहरु नेपालमै !

एजेन्सी । विश्‍वकै सर्वोच्च शिखर सगरमाथा प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपालमै छ । यहाँका गगनचुम्बी हिमश्रृंखलाहरुले विश्वभरका मानिसलाई आफूतिर आकर्षित गरिरहेको हुन्छ । धेरै मानिसहरु हिमाल आरोहणकै लागि नेपाल आउने गर्दछन् । नेपालको गौरवको कुरा यो छ कि विश्वको १० ठुला हिमालहरुको सुचिमा नेपालको मात्रै ८ ओटा हिम शृन्खलाहरु परेका छन् । विश्वका यी १० विश्वका गगनचुम्बी हिमालहरुको हाइटको चर्चा यसरी ...

भारी हिमपात हुँदा डोल्पाको जुफाल विमानस्थल ठप्प

डोल्पा, २७ फागुन । भारी वर्षासँगैको हिमपातले जुफाल विमानस्थलमा हवाइसेवा ठप्प भएको छ । आज बिहानदेखि नै जिल्लाभर सुरु भएको भारी हिमपात अझै जारी छ । विमानस्थलमा नेपालगन्जबाट हुने सम्पूर्ण उडान ठप्प भएको छ । अहिले विमानस्थलमा डेढ फिट हिउँ जमिसकेको र हिमपात अझै जारी रहेको विमानस्थल सुरक्षा चौकीले जनाएको छ । यातायातको एक मात्र विकल्पका रुपमा रहेको जुफाल विमानस्थल बन्द भएपछि आवतजावतका लागि समस्या उ...

ढोरपाटनमा पाँचौ पटक भारी हिमपात

बागलुङ २०७३ फागुन २७ । बागलुङ जिल्लाको सुदूर पश्चिममा रहेको बोवाङ गाविस- ९ ढोरपाटनमा विहान सवेरै ४ बजे देखी भारी हिमपात भैरहेको छ । हिमपातले ढोरपाटनको जनजीवन प्रभावित बनेको छ । स्थानीय कामकाजीहरुलाई हिमपातले समस्यामा पारेको छ । आज शुक्रवारको हिमपात यो वर्षको पाँचौ भारी हिमपात हो । ‘बुधवार दिउँसै देखी कतिबेला हिउँ पर्ने, कतिबेला घाम लाग्ने गरेको थियो, उपल्लो ढेरपाटनको पाखाथरकी हिमकुमारी अदैले भन...

बुद्ध एयरको यात्राः सुरक्षा नै पहिलो सर्त

१५ फागुन, काठमाडौं । जहाज कम्पनीहरु कसरी आम्दानी गर्छन् ? यो कुनै गहिरो दिमाग लगाउनुपर्ने कुरा होइन । जति धेरैले यात्रा गर्छन्, उत्ति नै धेरै कमाइ हुन्छ । जुन कम्पनीले आफ्ना जहाजको उच्चतम उपयोग गर्छ त्यही सफल विमान सञ्चालक बन्न सक्छ । उसोभए यो घिउ खाए जत्तिकै सजिलो छ त ? पक्कै पनि छैन । जब उडानको कुरा आउँछ, त्यहाँ प्रकृति पनि मिसिन्छ । प्रकृतिले साथ नदिँदा उडान सञ्चालन त्यत्ति सजिलो हुँदैन । ...

गोमाले ल्यायो दुई नयाँ विमान, दूर्गम क्षेत्रलाई गन्तब्य बनाउने

१५ फागुन, काठमाडौं । गोमा एयरलाइन्सले आइतबार दुईवटा नयाँ एलईटी विमानबाट सेवा थाल्ने भएको छ । दुर्गम र पर्यटकीय गन्तव्यमा सेवा दिँदै आएको गोमासँग अब ६ वटा विमान भएको छ । नयाँ दुई विमान थपिएसँगै कम्पनीसँग एलईटी ४१० यूभीपी- इ २० विमानको संख्या ४ पुगेको छ । गोमासँग दुईटा सिंगल इन्जिन सेस्ना क्याराभान विमानमा पनि छन् । दूर्गम विमानस्थलहरुका र पर्यटन व्यवसायीहरुको मागलाई मध्यनजर गर्दै कम्पनिले थप ...

अब विराटनरबाट पनि माउन्टेन फ्लाइट,यतिले थाल्यो सेवा

१४ फागुन, विराटनगर । विराटनगरवाट पर्वतीय उडान (माउन्टेन फ्लाइट) शनिबारबाट सुरु भएको छ । विराट एक्स्पोलाई लक्षित गरी आजबाट तीन दिनसम्म यति एयरलाइन्सवाट पर्वतीय उडान -माउन्टेन ˆलाइट)को व्यवस्था गरिएको हो । विराट एक्स्पो आयोजक समिति एव विराटनगरमा पर्यटनसँग सम्बद्ध संघसंस्था संयुक्त प्रयासमा यति एयरलाइन्स विमानलाई भाडामा लिई पूर्वाञ्चलमै पहिलोपटक पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु गरिएको हो । य...

हात्तीपीडितको सहयोगका लागि पर्यटन महोत्सव

१८ फागुन, बनियानी (झापा) । हात्ती प्रभावित क्षेत्र झापाको बाहुनडाँगीमा हात्तीपीडितको सहयोग तथा ग्रामीण पर्यटन प्रवद्र्धनका लागि कोषको स्थापना गर्ने उद्देश्यले यही फागुन २० गतेदेखि ‘एसियाली ग्रामीण पर्यटन महोत्सव–२०१७’ हुने भएको छ । बाहुनडाँगी गाविस र आसपासका गाविस तथा नगरपालिका क्षेत्रमा रहेका सामाजिक सङ्घसंस्था तथा भारत, भुटान र बङ्गलादेशका पर्यटन प्रवद्र्धन गर्ने संस्थाको संयुक्त आयोजनामा सात...