मनास्लु पोष्ट
मनाङ हुदै लार्के पास गरेर मनास्लु घुम्न गएका एक भारतिय नागरिकको दुबै खुट्टा हिउले खाइसकेको अवस्थामा वि गा.वि.सको वि फेदीको बाटोमुनि ओदारमा फेला परेका छन ।उनको दायाँ बायाँ दुवै खुट्टा हिउले छियाछिया पारेको छ ।
वेहोस अवस्थामा स्थानियले भेटे पछि उनको सामान्य उपचारको लागी समाजसेवी एवं पर्यटन व्यावसायी लाक्पा डुण्डुप लामा र पो्रक ७ मा रहेका माउण्टेन चियलका डा.
बिरेन्द्रले सहयोग गर्नुका साथै हेलिकप्टर मार्फत काठमाडौ पुर्याएर उपचार गर्नको लागी सहयोग जुटाइरहेका छन ।
करिव १२० दिन अगाडी नुव्रि तिर देखिएका भारतिय पर्यटक धेरैदिनको भोक प्यास र घाउँको पिडाले बेहोस भएका उनि स्थानियले भेटेर सामान्य उपचार गरेर होसमा आए पनि उनको अझै पहिचान खुल्न नसके पछि आफ्न्तलाई खवर पुर्याउन नसकेको संवाददाता पेमा डुण्डुपले बताए ।

1433 पटक हेरिएको 

