आरोहणलाई प्राविधिक बनाउन चाहदैनथे आङरिता शेर्पा

काठमाडौं । ३८०० मिटर उचाईमा पर्ने सोलुखुम्बुको थामे गाउँमा जन्मिएका आङरिता शेर्पाले पर्वतारोहणलाई कहिले पनि व्यवसाय बनाएनन्, बरु यसलाई परम्परा र सम्मानका रुपमा लिए । त्यसकारण उनी हिमालयसँग कहिल्यै जोरी खोज्दैनथे । उनको बुझाई थियो– प्रकृतिभन्दा ठूलो केही छैन, पर्ख, हेर र अगाडि बढ । उनले हिमाललाई सम्मान र आदर गरे । हिमालले पनि उनलाई प्रख्याती दियो, विश्वप्रसिद्ध बनायो । उनी बिना अक्सिजन १० पटक सग...

एक वर्षमा ग्रेट हिमालयन ट्रेल अन्तर्गत ८३ किलोमिटर पदमार्ग निर्माण पुरा

काठमाडौं । पछिल्लो एक वर्षमा ग्रेट हिमालयन ट्रेल अन्तर्गत ८३ किलोमिटर पदमार्ग निर्माण पुरा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रगति प्रतिवेदन अनुसार एक वर्षमा विभिन्न चार वटा खण्डमा ग्रेट हिमालय ट्रेलका लागि काम भएको थियो । यसअन्तर्गत दोलखाको जिरीदेखि सोलुखुम्बुको चौरीखर्क लुक्लासम्म सगरमाथा आधार शिविर पुग्ने वैकल्पिक पदमार्ग अन्तर्गत १० किलो...

कुरुप बन्दै पोखराका गहना, अलमलमै सरकारी निकाय

पोखरा, भदौ ७ गते । पोखराको परिचय भनेकै यहाँका सुन्दर ताल र यहाँबाट देखिने हिमाल नै हुन्, तर बढ्दो पर्यटनसँगै यहाँका ताल वरिपरि बनेको अव्यवस्थित संरचनाले तालहरू कुरुप बन्दैगएका छन् । ताल क्षेत्रको प्राकृतिक स्वरुप तथा वातावरण संरक्षणका लागि मापदण्ड विपरीतका बनेका संरचना भत्काउन सर्वोच्च अदालतले आदेश दिएको दुई वर्ष बितिसक्दा पनि आदेश कार्यान्वयन हुन सकेको छैन । ताल विकास समिति र तात्कालीन जिल्ला ...

पर्यटन व्यवसाय ठप्प भएपछि मनाङवासी खेतीपातीमा व्यस्त

मनाङ : पर्यटन व्यवसायमा रमाएका मनाङवासी अहिले खेतीपातीमा व्यस्त छन्। पहाडी र तराई क्षेत्रमा वर्षमा तीन÷चार खेती उत्पादन गरिन्छ। तर मनाङमा वर्षमा एक पटक मात्रै खेतीबाली गर्न सकिन्छ। अहिले पहाडी र तराईका फाँटमा धमाधम धान रोपाइ भए पनि हिमाली जिल्ला मनाङमा भने गहुँ, करु भित्र्याउँदै छन्। विगतमा पर्यटन तथा होटल व्यवसायमा आबद्ध भएका मनाङवासी अहिले कोभिड १९ को संक्रमण फैलिएसँगै गरिएको बन्दाबन्दीले व्य...

नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने

काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई घटबढ भए नभएको आधिकारिक जानकारी नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक गर्ने भएका छन् । नेपालले यसअघिनै शिखरमा सर्भे टोली पठाएको थियो भने चीनिया टोली बुधवार विहान शिखरमा पुगेको छ । दुवै देशको सहमति अनुसा रनै चिनियाँ सर्भे टोली सगरमाथाको उचाइ नाप्न शिखरमा पुगेको हो । चीनतर्फको मोहडाबाट आरोहण गरेको टोलीले चुुचुरोमा पुगेर मापन लिएको चीनिया समाचार एजेन...

पोखराका होटल असोजसम्म बन्द

पोखरा । कोरोना भाइरस महामारीसँगै जारी लकडाउनले होटल व्यवसाय नराम्ररी प्रभावित छ । अन्यको तुलनामा ठूलो लगानी रहने होटल व्यवसाय संचालन हुन नसक्दा यहाँ कार्यरत हजारौं मजदुरको रोजीरोटी गुमेको छ । संचालकको लगानी खेर गएको छ । नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा संचालित होटल पनि यही अवस्था लम्बिए असोजसम्म संचालन गर्न नसकिने संचालकले स्वीकारिसकेका छन् । कोरोना रोकथामका लागि विश्व स्वास्थ्य संगठन...

दशैँअघि सौराहाका होटल नखुल्ने

चितवन, वैशाख २१ गते । लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस् भन्नका लागि होटल बन्द गर्ने विषयमा व्यवसायीहरु सहमत भएका छन् । उनले भने, “लकडाउनपछि तत्काल विदेशी पर्यटक ...

हिमपहिरोमा पुरिएका सात जनाको शव फेला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा पर्ने हिङ्कु केभ क्षेत्रमा तीन महिना अगाडि गएको हिमपहिरोमा पुरिएका सबै सातै जनाको शव फेला परेको छ । पछिल्लो पटक एक जना नेपाली र एक जना कोरियन नागरिकको शव शुक्रबार फेला परेसँगै सबै सातै जनालाई मृत फेला पारिएको नेपाली सेनाले जनाएको छ । २०७६ साल माघ ३ गते गएको हिमपहिरोमा ३ जना नेपाली गाइड र ४ जना कोरियन पर्यटकहरु पुरिएका थिए । तीमध्ये २ ज...

बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल बन्दाबन्दीकै समयमा सम्पन्न

बागलुुङ,  । बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुल निर्माणको काम बन्दाबन्दीकै समयमा सम्पन्न भएको छ । ‘सिङ्गल स्पान’मा संसारकै लामो दाबी गरिएको यो पुल ५६७ मिटर लामो छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण धेरै आयोजना निर्माणको काम ठप्प भए पनि निर्माण स्थललाई पूर्ण रूपमा बन्द गरेर काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । बागलुङतर्फको क्ष...

नेपाल भ्रमण वर्ष स्थगितः वैशाखदेखि सचिवालय विघटन गरिने

काठमाडौं । अन्ततः  सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ । यसअघि अप्रिलसम्मका लागि मात्र स्थगित भएको यो अभियान अब भने औपचारिक रुपमा स्थगित भएको हो । नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार भ्रमण वर्षको केशरमहलस्थित सचिवालयसमेत १ वैशाख २०७७बाट विघटन हुने भएको छ ।...