एनएमए निर्वाचनको लागि निमी शेर्पाको टिम सार्वजनिक

साउन ८, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को अगस्ट ५ मा हुन गईरहेको निर्वाचनको लागि नेकपा माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी संगठनले निमी शेर्पाको नेतृत्वमा टिम सार्वजनिक गरेको छ । यसैगरी प्रथम उपाध्यक्षमा ठाकुरराज पाण्डे, द्वितिय उपाध्यक्षमा अम्बिर गुरुङ, महासचिवमा बोधराज भण्डारी, सचिवमा ऋषि नेपाल, कोषाध्यक्षमा सुर्दशन न्यौपाने, रहनु भएको छ । यस्तै कार्यसमिति सदस्यहरुमा ठाकुर प्रस...

गोरखाको क्यान्टिलिभर पुलमा माथिबाट ढुंगा खस्न थालेपछि जोखिम

गोरखा, साउन ६ ।  हालै गोरखामा निर्माण भएको (क्यान्टिलिभर) पुलमा जोखिम बढेको स्थानीयले बताएका छन् । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको चुम्चेतको सर्दीभीरमा बनेको क्यान्टिलिभर पुल माथिबाट ढुंगा खस्न थालेपछि जोखिम बढेको हो । मनास्लु पदमार्गमा पर्ने सो पुल हुँदै स्थानीयका साथै पर्यटकको आवातजावत हुने गर्छ । माथिबाट खसेको ढुंगाले क्यान्टिलिभर पुलको छेउछेउको रेलिङ नै भाँचिदिएको स्थानीयले बताए । ...

जोमसोम-कागबेनीमा तोकिएको समय तालिका बमोजिम यातायात सञ्चालन गर्न आग्रह

जोमसोम–कोरला सडकखण्डको स्तरोन्नति कार्यमा बाधा पुगेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले एकसाताका लागि यातायात व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न समय तालिका मिलाइएको छ। प्रजिअ रामचन्द्र तिवारी सिडिओको अध्यक्षतामा आज भएको बैठकले बुधवारदेखि लागू हुनेगरी तोकिएको समय तालिका बमोजिम यातायात सञ्चालन गर्न संयूक्त रुपमा व्यवसायीलाई आग्रह गरेको हो। करिडोरको जोमसोमदेखि पहिलो १८ कि.मि.सडक खण्डमा पर्ने पाक...

टेरगार गुम्बाका औतारी लामा रिम्पोछेको निधन

गोरखाको सामागाउँ घर भई हाल काठमाडौंको स्वयम्भू हलचोक टेरगार गुम्बाका औतारी लामा टासी दोर्जे रिम्पोछेको निधन भएको छ ।केही दिनअघि निधन भएका १०० बर्षका रिम्पोछेको पार्थिव शरीर अन्तिम संस्कारका लागि हेलिकोप्टरमार्फत सोमबार सामागाउँ पुरयाइएको स्थानीय कर्मा छेवाङ लामाले जानकारी दिनुभयो ।उहाँको शव सामागाउँको कार्ची छ्योलिङ गुम्बामा राखिएको छ । उहाँको मंगलबार लामा धर्मसंस्कार अनुसार दाहसंस्कार गर्ने का...

कोषाध्यक्षको अधिकार कटौतीपछि टानमा भुकम्प, लिलाबल्दभ अख्तियार जाने

काठमाडौं, २० असार ।  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा झुुक्याएर कोषाध्यक्षको अधिकार कटौती गरिएको खुल्न आएको छ । टान अध्यक्ष चन्द्र रिजालसँग हामीले सम्पर्क गर्दा उनले कोषाध्यक्ष लगायतको दफा, उपदफाहरुमा संसोधन गरिएको स्वीकारेका छन । उनले साधारणसभामा सबैकुरा पास गर्नुपर्छ भन्ने छैन, कतिपय बिधानतः रहेका केही बुँदाहरु संसोधन गर्न मिल्छ, हामीले सोही बमोजिम संसोधन गर्यौ– उनले भने । टान बिश...

जुलाई २८ मा निर्वाचन हुन्छ–एनएमए अध्यक्ष आङछिरीङ शेर्पा

असार १९, काठमाण्डौ । नेपाल पर्वतारोहण संघ(एनएमए)को निर्वाचन यही जुलाई २८ तारिकका दिन हुने भएको छ । गन्तव्य नेपाल सँग संक्षिप्त कुरा गर्दै नेपाल पर्वतारोहण संघ(एनएमए)का अध्यक्ष आङछिरीङ शेर्पाले स्थानिय निर्वाचनको कारणले केही समय अगाडि गर्ने भनिएको एनएमए निर्वाचन अन्ततः जुलाई २८ का तय गरिएको बताउनुभयो । यससँगै नेतृत्वका आकांक्षीहरु खुलेर आफ्नो पक्षमा जनमत श्रृजना गर्दै एनएमए निर्वाचन भव्य रुपले ...

काठमाडौंमा घोडाचढी खेल हर्स राईडिङ सेवा सञ्चालनमा

काठमाडौं, १७ असार  । काठमाडौंमा घोडाचढी खेलमा रमाउनेहरुका लागि हर्स राईडिङ सेवा सञ्चालनमा आएको छ । हरेक हप्ताको शुक्रबार र शनिबार अपरान्ह ३ बजे पछि नक्सालको नारायणचौरमा रहेको तबेला रेस्टुरेन्टमाबाट सेवा लिन सकिने बताइएको छ । बुढानिलकण्ठ नगरपालिका वडा न ७ बाँसबारीमा रहेको बग्गी एण्ड हर्स राईडिङ कम्पनीले हर्स राईडिङ सेवा संचालनमा ल्याएको हो । काठमाण्डौमा पहिलोपटक सञ्चालनमा आएको हर्स राईडिङ सेवा अ...

पर्यटकको रोजाइमै करबाकेली बाबाको थान काफलडाँडा

नेपाल फरक भौगोलिक र सांस्कृतिक विविधता एकै ठाउँमा पाइने देश हो । यहाँ मुटु काम्ने हिमाली क्षेत्रदेखि पसिनाले निथ्रुक्क भइने भावर क्षेत्रसम्मको फरक भूबनौट पाइन्छ । म्याग्दी काफलडाँडा गाउँ यस्तै विरलाकोटिको भूगोल हो । यो ठाउँ किन पनि विशेष छ भने, पर्यटकिय दृष्टिकोणमा रमणिय त छदैछ संसारभरि छरिएर बसोबास गरेका पुन सुमुदायहरुको कुल देवता करबाकेली बाबाको राष्ट्रिय थान काफलडाँडा ८ म्याग्दीमै भएकोले यो ठा...

पर्यटकीय स्थानमा निःशुल्क इन्टरनेट राख्ने तयारी

काठमाडौं । पर्यटकलाई सुविधा दिने उदेश्यले काठमाडौं महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ । कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकले प्रवेश शुल्क वापत तिरेको पैसाले नैे निःशुल्क इन्टरनेट सुविधा राख्ने र  उक्त सुविधा उनीहरुले प्रयोग गर्न छन् । यो महानगरको पहिलो प्राथमिकतामा पर्नेछ, सहप्रवक्ता ढकालले भन्नुभयो । तत्कालका लागि इन्टरनेट स्वयम्भू, हनु...

कीर्तिमानी आरोही सञ्जय पण्डितको आरोहणका क्रममा मृत्यु

काठमाडौँ, असार । कीर्तिमानी आरोही सञ्जय पण्डितको संयुक्त राज्य अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ । प्युठान स्थायी घर भएका उनको अमेरिकाको अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा शुक्रबार मृत्यु भएको अमेरिकामा बसोबास गर्दै आएका सञ्चारकर्मी होमप्रसाद लम्सालले जानकारी गराए । कीर्तिमानी आरोही पण्डितको निधनको खबर वासिङ्टन डिसीस्थित नेपाली दूतावासले समेत पुष्टि गरेको छ । सञ्चारकर्मी लम...