गोरखाको क्यान्टिलिभर पुलमा माथिबाट ढुंगा खस्न थालेपछि जोखिम

  कल्पना थापा  1402 पटक हेरिएको

गोरखा, साउन ६ ।  हालै गोरखामा निर्माण भएको (क्यान्टिलिभर) पुलमा जोखिम बढेको स्थानीयले बताएका छन् ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको चुम्चेतको सर्दीभीरमा बनेको क्यान्टिलिभर पुल माथिबाट ढुंगा खस्न थालेपछि जोखिम बढेको हो । मनास्लु पदमार्गमा पर्ने सो पुल हुँदै स्थानीयका साथै पर्यटकको आवातजावत हुने गर्छ ।

माथिबाट खसेको ढुंगाले क्यान्टिलिभर पुलको छेउछेउको रेलिङ नै भाँचिदिएको स्थानीयले बताए । भूकम्पले हल्लाएको पहाड छ अनि बर्खामा पानी परेपछि ढुंगा खस्न थालेको हो । दातृ निकाय डीफीडको उक्त पुल निर्माण गरिएको हो । यस्तो पुल गोरखामा मात्रै छ ।

भूकम्पपछि सर्दीभीर र यारुबगरको भीरमा डिफिडको सहयोगमा नेपालमै पहिलोपटक क्यान्टिलिभर पुल निर्माण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार