मनै लोभ्याउने देशकै उत्कृष्ट ठाउँ अन्तु

धेरैलाई चिया बगानको झझल्को दिन्छ, इलामले । यसमा पनि कन्याम चिया बगान नै सबैको मनमा बस्ने गर्छ । हुन पनि लहरै मिलेको हरिया चिया बगान, बीचबीचमा धुपीसल्लाका रुख र हरियाली वातावरण कसलाई मन पर्दैन र ? इलाममा चिया बगान मात्रै छैनन्, यहाँ अन्य थुप्रै अन्य ठाउँ पनि छन् । जसमा सूर्योदय दृश्यावलोकनका लागि देशकै उत्कृष्ट ठाउँ बनेको छ, श्री अन्तु । अन्तुडाँडा देशकै एक पर्यटकीय गन्तव्य पनि हो । श्री अन्तु ...

कीर्तिमानी आरोही निर्मल पूर्जाको भव्य स्वागत

काठमाडौं । सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पूर्जाको भव्य स्वागत भएको छ । चीनको सिसापाङ्ना हिमाल चढेसँगै कीर्तिमान बनाएका उनी बुधबार स्वदेश फर्किँदा त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो । उनलाई पञ्चैबाजा र नेपाल प्रहरीले ब्याण्ड बाजाले स्वागत गरिएको थियो । आरोही पूर्जालाई गाडीमा राखेर नगर परिक्रमा समेत गराइएको थियो । पूर्जाले छोट...

चाैध वटा हिमाल सात महिनामै आरोहण गरेर रेकर्ड राखे निर्मल पुर्जाले

नेपाली पर्वतारोही तथा पूर्व बेलायती जलसेना अधिकारी निर्मल पुर्जाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सात महिनामै आरोहण गरेर रेकर्ड राखेका छन्। सोमबार चीनको शिशिपाङ्मा हिमाल आरोहण गरेपछि उनले १४ हिमालको रेकर्ड पूरा गरेको बिबिसीले जनाएको छ। यसअघि पोल्यान्डका आरोही जर्जी कुकुजाले सन् १९८७ मा यी सबै हिमाल आरोहण गरेका थिए। उनको रेकर्ड आठ वर्षको थियो। छत्तीस वर्षीय निर्मल सन् २००३ मा बेलायती...

मुस्ताङको ढुम्बा तालकाे सौन्दर्यले लोभ्याउँछ सबैको मन

मनाङ, कार्तिक ४ गते । विहानीपख निलगिरी हिमालको छायाँ टलक्क टल्किने । तालको पश्चिमतिर धौलागिरी र मानापाथी हिमालका साथै हिउँले ढाकिएका सेताम्मै पहाडको दृश्य । तालबाट देखिने जोमसोम बजारको सुन्दरता । यो हो हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका ५ स्थित प्राकृतिक सुन्दरताले भरिपूर्ण ढुम्बा तालको दृश्य । पछिल्लो समय मुस्ताङको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा पर्न थालेपछि ताल पर्य...

मगर समुदायको बाहूल्यता रहेको ठाडेमा घरबास

ओखलढुंगा । सिद्धिचरण नगरपालिका ६, ठाडेका स्थानीयले सामुदायिक घरबास होमस्टे शुरु गरेका छन्  । मगर समुदायको बाहूल्यता रहेको ठाडेमा स्थानीयको सक्रियतामा होमस्टेको शुरुवात भएको हो  । होमस्टेको औपचारिक उदघाट्न मंगलबार संघीय सांसद यज्ञराज सुनुवारले गरे । समुन्द्री सतहदेखि करिब २ हजार ८ सय मिटरको उचाईमा रहेको ठाडे सगरमाथा र नुम्बुर हिमश्रंखला हेर्ने उपयुक्त गन्तव्य समेत हो । पर्यटन वर्ष २०२० लाई लक्षि...

प्रचण्ड–बाबुराम सार्बजनिक भएको स्थानमा बन्यो ‘ट्रि हाउस

हेटौँडा, असोज ४ गते । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई भूमिगत जीवनबाट सार्वजनिक भएको स्थानलाई पर्यटकीय हिसावले विकास गर्ने तयारी गरिएको छ । लामो समय भूमिगत र सशस्त्र राजनीति गरेका तत्कालीन माओवादीका शीर्ष नेताहरू जनतामाझ सार्बजनिक भएको मकवानपुरको मनहरी गाउँपालिका वडा नं १ स्थित भोर्लेटाँडीस्थित आँपबगैचालाई पर्यटन पार्कको रुपमा विकास गर्न लागिएको हो । मनहरी गाउँपालिकाले भो...

उदयपुरको चौदण्डीगढीदेखि बैतडीको अजयमेरुकोटसम्म सुरु हुँदै एकीकरण पदमार्ग

काठमाडौँ । नेपाल एकीकरणको इतिहाससँंग जोडिएका पुराना गढी र किल्लाहरूको संरक्षण तथा सम्बद्र्धन गर्न नेपाली सेनाले उदयपुरको चौदण्डीगढीदेखि बैतडीको अजयमेरुकोटसम्म ‘एकीकरण पदमार्ग’ स्थापना गरेको छ । यी गढी तथा किल्लाहरूसँग वीर नेपालीको पहिचान र सेनाको इतिहास जोडिएकाले विभिन्न जिल्लामा रहेका ऐतिहासिक गढी, किल्ला र दरबारलाई जोडेर पदमार्ग स्थापन गरिएको जानकारी सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डे...

ओझेलमा सुदूरपश्चिमका पर्यटकीय क्षेत्र

धनगढी । सुदूरपश्चिम प्रदेश पर्यटनका आकर्षक क्षेत्र हो तर पर्यटकीय क्षेत्रमा जान आवश्यक पर्ने आवश्यक पूर्र्वाधारको कमीका कारण ओझेलमा परेको छ । सुदूरपश्चिम प्रदेशका तराईका दुई तथा पहाडका सात गरी नौ जिल्लामा धार्मिक, सांस्कृतिक, पुरातात्वीक, साहसिक (हिमाल आरोहण, -याफ्टिङ, प्याराग्लाईडिङ) ग्रामीण लगायतका पर्यटकीय गन्तव्य रहे पनि आवश्यक पूर्वाधारको अभावका कारण आन्तरिक तथा बाह्य पर्यटक आगमनको अवस्था ...

प्रकृतिले नै कुँदेको छ ढुंगामा नेपालको नक्सा

कालिकोट । झट्ट हेर्दा नेपालको नक्सा देखिन्छ । यो नक्सा कुनै मानव जातिले बनाएको आफै हैन । वरीपरीको हरियाली बातावरण, चट्टानमा सुन्दर नेपालको नक्सा देख्दा पैदल यात्रु होस या सवारी साधनमा यात्रा गर्ने जो कोही एकचोटी उभिएर तस्विर खिचेर जान्छन् । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं.६ सेराको माथि पट्टीको चट्टानमा नेपालको नक्सा बनेको छ । माथिबाट सडक निर्माण हुँदा बगेको माटो र ढुंगाले अहिले नक्साको केही...

टानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयी

काठमाडौं । ट्रेकिङएजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समुहका खुमबहादुर सुवेदी विजयी भएका छन् । शुक्रबार होटल सोल्टी क्राउन प्लाजामा टानको ४१औं वार्षिक साधारण सभासँगै सम्पन्न निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जन थापा (कुमार)लाई ८३ मतले पराजित गर्दै विजयी भएका हुन् । सुवेदीले ५२१ मत ल्याएर विजयी भएका हुन् भने पराजित थापाले ४३८ मतमा चित्त बुझाउनुपर्यो । महासचिवमा भने ...