प्रकृतिले नै कुँदेको छ ढुंगामा नेपालको नक्सा

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  विश्वनाथ सिम्खाडा  2073 पटक हेरिएको

कालिकोट । झट्ट हेर्दा नेपालको नक्सा देखिन्छ । यो नक्सा कुनै मानव जातिले बनाएको आफै हैन । वरीपरीको हरियाली बातावरण, चट्टानमा सुन्दर नेपालको नक्सा देख्दा पैदल यात्रु होस या सवारी साधनमा यात्रा गर्ने जो कोही एकचोटी उभिएर तस्विर खिचेर जान्छन् ।

जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं.६ सेराको माथि पट्टीको चट्टानमा नेपालको नक्सा बनेको छ । माथिबाट सडक निर्माण हुँदा बगेको माटो र ढुंगाले अहिले नक्साको केही भाग छेकिएको छ । यसलाई पुनः संरक्षण गर्न खाँडाचक्र नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा ५ लाख रकम विनियोजन गरेको खाँडाचक्र नगरपालिका उप प्रमुख विजया विष्टले बताईन ।

जिल्लामा पर्यटक भिक्रयाउन सफल मध्य तथा सुदर पश्चिममा लुकेका तर कसैले नभेटाएका पर्यटकिय स्थलहरु धेरै छन् । एसियाकै सवै भन्दा अग्लो पचालझरना, तिलागुफा, बडिमालिका, चुलिमालिका, साँघुमेला, तिलाकर्णाली दोभान, युद्ध पर्यटिकय क्षेत्र पिली, भर्ताको लेखमा रहेको काइनेट खानी, महावु लेख जस्ता पर्यटयिक स्थल हेर्न आउनेहरुको संख्यामा दिन प्रतिदिन बृद्धि हुदैछ ।

स्वर्गकी अप्सरा भनेर चिनिने राराताल जाँदा बाटोमै पर्ने प्राकृतिक सम्पती नेपालको नक्सा हेर्न आउनेहरुको लक्रो लाग्ने स्थानियले बताएका छन् । चट्टानमा देखिने नेपालको नक्सा र पछाडी पट्टी देखिने खाली ठाउँ भारत र चिन रहेको स्थानिय बृद्धवृद्धाहरुले बताउने गरेका छन् । यो नक्सामा थुप्रीएको माटो र ढुंगालाई पन्छाउदै अव नगरपालिकाले रङ रोगन गरेर अगाडी बढ्ने प्रमुख प्रशासकिय अधिकृत कासी प्रसाद पंगेनीले बताए ।

खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेले भने ‘अव पर्यटकहरुको घुइचो लाग्छ,कालीकोटलाई नेपालको नक्सा रहेको ठाउ ँभनेर अव सिंगो नेपालले चिन्छ ।’ उनले भने ‘पचालझरना, राराताल हेर्न आउनेहरु अवश्य पनि नेपालको नक्सा हेरेर जानेछन् ।’

करिव ६ सय मिटर लम्बाई र ३०० मिटर चौडाईमा रहेर बनेको नेपालको नक्सा अवको केही दिनमा काम शुरु गरी तत्काललै नगरपालिकाले पर्यटयिक क्षेत्र घोषण गर्ने भएको छ ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार