जेभाले डाँडोमा देवीदेवताको प्रतिमा

फिदिम, । पाँचथर फिदिम नगरपालिका–१३ स्थित जेभाले डाँडोका ठुलठुला ढुङ्गामा विभिन्न धर्ममा आधारित आस्थाका देवीदेवतासहित राष्ट्रिय झन्डा र राष्ट्रिय विभूतिका प्रतिमा निर्माण गरिएपछि यस डाँडोले सबैलाई लोभ्याउन थालेको छ । स्थानीयवासीको अग्रसरतामा सुम्निमा पारुहाङ, महादेव, गौतम बुद्ध, नेपालको राष्ट्रिय झन्डा र किराँत धर्मका प्रवर्तक तथा नेपालका १६ औँ विभूति फाल्गुनन्दको प्रतिमा बनाइएका छन् । पहरा सजाउ...

पासाङल्हामुको नामबाट चन्द्रमाको एक भाग नामकरण

काठमाडौं । अन्तर्राष्ट्रिय खगोलीय संघ (आईएयू)ले चन्द्रमाको एक भागको नाम नेपाली प्रथम महिला पर्वतारोही पासाङल्हामु शेर्पाको नामबाट नामकरण गरेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले यस कुराको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय खगोलीय संघको ग्रह प्रणाली नामकरण कार्यसमूहले चन्द्रमाको एक क्रेटरलाई ‘ल्हामु’ नाम स्वीकृत गरेको अमेरिकी भूगर्भ सर्वेक्षणले घोषणा गरेको हो । सगरमाथा आरोहण गर्ने सफल प्रथम नेपाली ...

पुरानै शैलीमा पुनर्निर्माण हुँदै लमजुङ दरबार

गण्डकी : ऐतिहासिक लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ। सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले दुई वर्षअघि पुनर्निर्माण थालेको थियो। विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनर्निर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ। गत आर्थिक वर्षमा एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण शुरु गरिएको थियो। चालु आवमा सरकारले जम्मा ५० लाख बजेट छुट्टाएको थियो। प...

घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

घोडाघोडी (कैलाली) । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ । घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डगौराले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रजातिको च...

पोखराको लेकसाइडका मसाज सेन्टरबाट ६ बालिकाको उद्धार

पर्वत : पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेका स्पा (मसाज सेन्टर) बाट प्रहरीले ६ बालिकाको उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार मसाज सेन्टरमा बालिकाहरूलाई यौनजन्य कार्यमा लगाएको भन्ने सूचनाका आधारमा प्रहरीले मसाज सेन्टरमा अनुगमन गरेको थियो। पोखरा महानगरपालिकाको सामाजिक महाशाखा र शक्ति समूह नेपालका प्रतिनिधि समेत लिएर पु...

एक लाख ७७ हजार पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा १० महिनामा  एक लाख ७७ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार  यो अवधिमा एक लाख १८२ पर्यटकले भ्रमण गरेका छन्। यो हालसम्मकै बढी पर्यटक आगमन हो। उक्त अवधिमा दक्षिण एसियाली मुलुकका ७९ हजार २३२ र अन्य मुलुकका ९७ हजार ९५० पर्यटकले सो क्षेत्र घुमेका आयोजना प्रमुख डा. रविन कडरियाले जानकारी दिए। यो क्षेत...

पर्वतको महाशिलाले पनि ब्रान्डिङ गर्न थाल्यो घरेलु मदिरा

पर्वत : पर्वतको महाशिला गाउँपालिकाले ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिरालाई ब्रान्डिङ गर्न थालेको छ। मदिरा ब्रान्डिङका लागि पालिकाले अनुसन्धान शुरु गरेको हो। पालिकाका विभिन्न वडामा व्यावसायिक रुपमा उत्पादन हुँदै आएको कोदो, भात, सुन्तला, किबीलगायतको मदिरालाई ब्रान्डिङ गर्न पालिकाले अनुसन्धानको कामलाई सर्च नेपालसँगको सहकार्यमा अघि बढाएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बत...

लान्द्रुकमा हनी हन्टिङ महोत्सव हुँदै

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७, लान्द्रुकमा हनी हन्टिङ महोत्सव २०८१ हुने भएको छ । पर्यटकीय गाउँ लान्द्रुकमा आउँदो जेठ ८ देखि १० गतेसम्म महोत्सव हुने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गर्न, स्थानीय कला र संस्कृतिलाई संरक्षण र प्रवर्द्वन गर्न महोत्सव आयोजना गरिएको मूल आयोजक समिति अध्यक्ष सुरेश गुरुङले बताउनुभयो । “महोत्सवमा मोदी खोला क...

मर्दी हिमाल पदयात्राबाट विदेशी पर्यटक बेपत्ता

कास्कीको मर्दी हिमाल पदयात्राका क्रममा एक पर्यटक सम्पर्कविहीन भएका छन् । शनिबार बिहान ४ बजे हाइक्याम्पमा रहेको म्याजिक माउन्टेन होटलबाट पानीको बोतल र टर्चलाइट बोकेर बेसक्याम्पतिर लागेका स्विडेनका मिची नाम गरेका पर्यटक साँझसम्म होटल नफर्केको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष राम गुरुङले जानकारी दिए । मर्दी हिमाल पदयात्रा माछापुच्छ्रे गाउँ पालिकामा पर्छ। पालिकाले पछिल्लो समय पर्यट...

धवलागिरि आरोहणका लागि २३ जनालाई अनुमति

म्याग्दी : शरदयाममा म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि २३ जनाले अनुमति लिएका छन्। संसारको सातौँ (आठ हजार एक सय १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ। विभिन्न ट्रेकिङ कम्पनीमार्फत चार वटा समूहका १२ पुरुष र ११ महिला पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ। विभागका अनुसार धवलागिरि हिमाल आरोहणको अनुमति लिएका अरोहीह...