पोखराको लेकसाइडका मसाज सेन्टरबाट ६ बालिकाको उद्धार

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  295 पटक हेरिएको

पर्वत : पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेका स्पा (मसाज सेन्टर) बाट प्रहरीले ६ बालिकाको उद्धार गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार मसाज सेन्टरमा बालिकाहरूलाई यौनजन्य कार्यमा लगाएको भन्ने सूचनाका आधारमा प्रहरीले मसाज सेन्टरमा अनुगमन गरेको थियो।

पोखरा महानगरपालिकाको सामाजिक महाशाखा र शक्ति समूह नेपालका प्रतिनिधि समेत लिएर पुगेको प्रहरीले पाँच वटा मसाज सेन्टरमा अनुगमन गर्दा ६ बालिका भेटिएका हुन्।

सेन्टर पोइन्ट स्पाबाट दुई, हिमालय स्पाबाट एक , पारामाउन्ट स्पाबाट एक जना, न्यु भिजन स्पाबाट दुई १८ वर्ष भन्दा कम उमेरका बालिकालाई काममा लगाएको पाइएको छ। उनीहरूलाई उद्धार गरी थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार