पर्वतारोही पिके शेर्पा र सोनाम शेर्पा सातै महादेशको अग्लो हिमाल आरोहण गर्ने तयारीमा

  मनास्लु पाेष्ट  2176 पटक हेरिएको

काठमाडौं । पर्यटन व्यवसायी एवं पर्वतारोही पिके शेर्पा र उहाँका १४ वर्षीय छोरा सोनाम शेर्पा एकैचोटी विश्वका सातै महादेशको सबैभन्दा अग्लो हिमाल आरोहणको तयारीमा जुटेका छन । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)द्धारा शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित एक समारोहबीच वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बावुछोराको उक्त अभियानको औपचारिक उद्घाटन गरेका थिए ।

जलवायू परिवर्तनको नकारात्मक असर न्यूनिकरणबारे सन्देश प्रवाह गर्नुका साथै २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० का लागि योगदान पुर्‍याउने बावुछोराको अभियानको मुख्य उद्देश्य रहेको छ । यो अभियान सफल भएपछि सातै महादेशको सबैभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो बावुछोराको रुपमा विश्व रेकर्डसमेत कायम हुनेछ ।

अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधनको क्रममा मन्त्री बस्नेतले जलवायु परिवर्तनको असर नेपाल जस्तो विसोन्मुख मुलुकका लागि चिन्ताको विषय बनिरहेको भन्दै नेपाल सरकारले यसबारे गम्भिर भएर सोचेको बताए ।

मन्त्री बस्नेतले जलवायु परिवर्तनको नकारात्मक असर न्यूनिकरणका लागि जनचेतना जगाउन हिमाल सफाईलाई राष्ट्रिय महाअभियानको रुपमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारीसमेत दिए। जलवायु परिवर्तनको असर न्यूनिकरण गर्नका लागि जनस्तरमा चेतनामूलक कार्यक्रमको आवश्यकता औल्याउँदै उहाँले बावुछोराको यो अभियानले केही हिस्सा भएपनि त्यसमा योगदान पुग्ने विश्वाससमेत व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार