धनराज वास्तविक
काठमाडौँ – गायक भरत परियारको स्वरमा हालै बजारमा आएको ‘साँइला’ बोलको गीतका बारेमा पत्रकार-संगीतकार, एरेन्जरहरुले खुलेर प्रसंशा गरेका छन्।
गायक परियारले रोजगारीको सिलशिलामा परदेशमा पुगेका करिब ६० लाख नेपालीहरुको जीवन भोगाइ, भोग्नु परेका पीडा, सहनुपरेको दुःख, पराइले गर्ने तल्लो स्तरको व्यवहारलाई समेटेर ‘साँइला’ बोलको गीत बजारमा ल्याएको भन्दै उनीहरु प्रसंशा गरेका हुन्।
यसरी प्रसंशा गर्दै गीतको सफलताका लागि शुभकामना दिनेमा गायक, संगीतकार सुरेश शाही, पत्रकार धनराज वास्तविक, राजु बोहरा, मन बहादुर पुन, एरेन्जर लक्षु प्रकाश मल्ल, निर्देशक-भिडियो सम्पादक वीरेन्द्र भाट ‘विपिन’, ग्राफर मणी नेपाललगायत छन्।
कर्णाली प्रदेशको सल्यान जिल्ला, दमाचौरमा जन्मिएर हाल काठमाडौँमा कर्म गरिरहेका परियारले परदेशमा गएका नेपालीहरु स्वदेश फर्किने ठेगान नहुने र घरमा आफन्तहरुको अवस्था निक्कै कारुणीक रहने अवस्थालाई गीतमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ।
‘साँइला’ बोलको गीतमा घरमा आमा बिरामी परेकी हुन्छिन्, आमा छोराको पर्खाइमा हुन्छन् र छोरा विदेशमा गएर दुःख झेलिरहेको अवस्था हुन्छ। नातीनीले हजुर आमासँग आफ्नो बाबा परदेशबाट कहिले फर्किने भनेर जवाफ खोजिरहेकी हुन्छन् तर बिड्म्बना हजुरआमाले संसार छोडिसकेकी हुन्छन्।
कमजोर आर्थिक अवस्थाका नेपालीहरु आफ्नो पाखोबारी साहुको बन्धकीमा राखेर प्रदेशमा पुगेका प्रसँगहरु गीतमा समावेश छन्। परदेशमा आफ्नो कोही नहुने र के गरौँ, कसो गरौँ’ भन्ने खालका पीडाहरुले सताइरहने कुरा गीतमा उल्लेख गरिएको छ। गीतमा ‘साँइला’ नाम गरेको साथीलाई परदेशमा आफूहरुले भोगिरहेका दुःखहरु खाने थिए भन्ने खालको बचन गरिएको छ।
गीतमा स्वदेशबाट छोरीले घरमै आउ भनिएको कुरालाई पनि समेटिएको छ। गीतमा पुरुष आवाज भरत परियारले दिएका छन् भने महिला तर्फ पुर्णीमा परियारले दिइएकी छन्।

1411 पटक हेरिएको 

