काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साझ बालुवाटारमा बसेको बैठकले जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।
७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम सोमबार प्रज्ञा भवनका कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी नेकपाले गरेको छ । पोलिट्ब्यूरो सदस्यको टुंगो भने अर्को बैठकले लगाउने भएको पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले बताए । केन्द्रीय सदस्यको एक तिहाइ पोलिट्ब्युरो सदस्य रहने पनि उनले बताए ।

831 पटक हेरिएको 

