डिएन घिसिङ । साँस्कृतिक र प्राकृतिकरुपले भरिपुर्ण रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका स्थीत दोरम्बा पर्यटन गाउलाई पहिलो पटक गाउँ पर्यटन प्रबर्द्धन मन्च (भिटोफ)को आयोजनामा “गन्तब्य दोरम्बा तथा साँस्कृतिक महोत्सव–२०७६”सम्पन्न भएको छ ।
“गरौ तयारी धुमधाम, पाहुनालाई गराऔ घुमघाम” भन्ने मुल नाराका साथ स्वदेशी तथा बिदेशी पर्यटकको आगमनलाई दोरम्बा बजारमा बैशाख १२गते स्थानीय नागरिक समाजले बिभिन्न झाकी सहित स्वागत गरेका थिए । सो क्षेत्रको अध्ययन,अवलोकन तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पर्यटन प्रबर्धन गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएकोमा स्थानीय बासीले निकै खुशी ब्यक्त गरेका थिए। दोरम्बा गाउँ पर्यटन विकास समितिको बिशेष ब्याबस्थापनमा एक औपचारिक कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा दोरम्बा गाउपालिकका अध्यक्ष कमान सिं तामाङ ,दोरम्बा गाउँपालिका वडा नंं २ का अध्यक्ष खड्ग बहादुर श्रेष्ठले लगाएतका स्वागत मन्तव्य ब्यक्त गरेका थिए। पर्यटन प्रवर्धनमा स्थानीय सरकारको सक्दो सहयोग हुने वक्ताहरुले बताएका थिए ।
दोरम्बाको आधारक्षेत्र रहेको सहिद पार्क, प्राकृतिक मनमोहकले भरिपुर्ण शैलुङ्ग एब अग्लेश्वर महादेव स्थलमा भ्रमण टोलिले अबलोकन गरेका थिए। गाउँ पर्यटन प्रबर्द्धन मन्च (भिटोफ)का अध्यक्ष धुर्ब सिम्खडाको नेतृत्वमा नेपाल पर्यटन बोर्डका प्रतिनिधि,स्वदेशी तथा बिदेशी कलाकार ,पर्यटन ब्यबसायी एब सन्चारकर्मीहरुको बाक्लो उपस्थित रहेको थियो ।
दोरम्बा आँफैमा भौगोलिक महत्व रहेकाले कल्चलर टुरिजम ,रिलिजिएस टुरिजम, इन्डिजिनियस ट्रेल टुरीजम र वार टुरिजम निकै सम्भावना रहेको सहभागी पर्यवेक्षकले आकलन गरेका छ्न। राजधानी बाट एक सय एकाइस किलो मिटर दुरिमा रहेको यस क्षेत्र अन्तर्गत बैशाख पुर्णिामाको दोरम्बा मेला ,साउन पुर्णिामाको शैलुङ्ग मेला र कार्तिक एकादशीको अक्लेस्वर मेला बार्ह्या तथा आन्तरिक पर्यटकको आकर्षणको रूपमा लिइएको छ।होमस्टे ,मौलिक खाना र पर्यावरण अबलोकन गर्न दुई रात ,तीन दिनको दोरम्बा बसाइँले पर्याप्त पर्यटकहरु खुशी हुने पर्यटन बिज्ञहरुले जनाएका छ्न ।

920 पटक हेरिएको 

