कामीरिता शेर्पाले चढे २३ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथा

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  942 पटक हेरिएको

काठमाडौँ — कामीरिता शेर्पाले २३ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले बुधबार बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरैपटक सगरमाथाको चुचुरोमा पुग्ने विश्व कीर्तिमान राखेका हुन् । २३ औं पटक सगरमाथाको सफल आरोहण गरेर उनले आफ्नै कीर्तिमान तोडेका छन् । पर्यटन विभागकी सम्पर्क अधिकृत मिरा आचार्यले कामीरिताले सगरमाथाको सफल आरोहण गरेका पुष्टि गरेकी छन् ।

उनी सेभेन समिट ट्रेक्सबाट आरोहण गरेका हुन्। उनले यसअघि पनि २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरिसकेका थिए। सोलुखुम्बुका कामीरितासँगै वाङ्दी शेर्पा र केही विदेशीले समेत सगरमाथाको सफल आरोहण गरेका छन्। कामीरिता यसपटक विदेशी आरोहीका लागि हाई अल्टीच्युट गाइड तथा लिडरको जिम्मेवारी लिई सगरमाथा चढेका थिए ।

सेभन समिट ट्रेक्सका प्रबन्ध निर्देशकमिग्मा शेर्पाका अनुसार अहिले १८ मुलुकका ६३ आरोही सगरमाथाको चुचुरोतिर उक्लिरहेका छन्।
गत वर्ष जेठमा २२ औं पटक सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोडेका शेर्पाले आफू काठमाडौंस्थित सेभेन समिट ट्रेक्स कम्पनीसँग अनुबन्धित भएको बताएका थिए ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार