राष्ट्रवादी केन्द्र नेपालले आज काठमाडौंस्थित जडिबुटी बैंक्वेट, जडिबुटीचोक कोटेश्वरमा २,००० नेतृत्वहरूको केन्द्रीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं , ललितपुर र भक्तपुर जिल्लाका १८ वटा नगरपालिकाका २४८ वटाबाट राष्ट्रवादी केन्द्र नेपालको साङगठनिक जिम्मेवारी लिएका नेतृत्वहरू सहभागी भएका थिए। उक्त प्रशिक्षण कार्यक्रमको सभापति डा.प्रशान्त पाण्डेले गरेका थिए भने प्रमुख अतिथि तथा प्रशिक्षक राष्ट्रवादी केन्द्र नेपालका संयोजक श्री चन्द्र बहादुर थापा ” सागर” ले राष्ट्रवादी केन्द्र नेपाल को ” विचार, कार्यदिशा र कार्यक्रम” बाट कसरी बेरोजगार वर्गको मुक्ति, वैदिक समातन धार्मिक सापेक्ष राष्ट्र स्थापित गर्नका लागि राष्ट्रवादी सत्ता आवश्यक रहेको बताएका थिए।
उक्त प्रशिक्षण कार्यक्रममा “राष्ट्र , राष्ट्रियता, नेपाली राष्ट्रवाद र राष्ट्रबादी आन्दोलनको आवश्यकता” विषयमा महासमिति सदस्य निरज कुमार पुन, “संगठन निर्माण प्रक्रिया र साङगठनिक पद्धती” को बारेमा भूवन खतिवडा, “संगठनमा देखा पर्ने चुनौती र अराजकता” का बारेमा नरदेव न्यौपाने, ” संगठन परिचालनका लागि आर्थिक व्यवस्थापन र महिला सशक्तीकरण ” बारेमा बिन्दु के.सी., र “राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति” को बारेमा तारा प्रसाद अर्याल ले महत्त्वपूर्ण प्रशिक्षण दिएका थिए ।
कार्यक्रम को शुरूवातमा २०७३ साल बैसाख १५ गतेको १२ जनाको खु्ल्ला मन्चमा गरेको सामुहिक आमरण अनसनदेखि हालसम्म गरेका गतिविधि र कार्यक्रमलाई समेटी बनाइएको २७ मिनेटको भिडियो समेत प्रदर्शन गरिएको थियो । प्रशिक्षण कार्यक्रमलाई जनवादी गायक जीवन शर्मा र राष्ट्रवादी कलाकार संघका कलाकारहरूले थप साङगितिक उर्जा प्रदान गरेका थिए । प्रशिक्षण कार्यक्रमको संचालन महासमिति सदस्य ज्ञानेन्द्र अधिकारीले गरे भने शुभकामना मन्तव्य ज्ञानदेब बिष्टले राखेका थिए ।
MANASLU TV

1789 पटक हेरिएको 

