काठमाडौं : समाजबादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दुर्घटनामा परेर घाइते भएकी छन् ।
पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ यमी आइतबार दिउँसो दुर्घटनामा परेर घाइते भएको यमीका पति तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए ।
उनले भने ‘पार्टी कामको सिलसिलामा निवासबाट पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खु चोकमा स्कुटर दुर्घटनामा परेको हो, अवस्था सामान्य छ ।’ बल्खु चोकमा अनटेष्ट मोटरसाइकलले ठक्कर दिएर घाइते भएकी यमीको बिएण्ड बी अस्पतालमा उपचार भइरहेको पोखरेलले जानकारी दिए। उनको अवस्था सामान्य रहेको र २४ घण्टा डाक्टरको निगरानीमा रहेर डिस्चार्ज हुने पोखरेलले बताए ।
MANASLU TV

772 पटक हेरिएको 

