भदौ ३० गते ललितपुरमा समाजवादी आदिवासी जनजाति महासंघको घोषणा हुँदै

  Manaslu Post  1157 पटक हेरिएको

काठमाडौ  । समाजवादी पार्टी निकट समाजवादी आदिवासी जनजाति महासंघको यहि भदौ ३० गते ललितपुरको दिखेदेवलस्थित यलखिम पार्टी प्यालेसमा औपचारिक घोषणासभा गरिने भएको छ ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबिच एकता भएपछि दुवै पार्टीनिकट आदिवासी जनजाति संगठनको समायोजन गरी समाजवादी आदिवासी जनजाति महासंघ घोषणा गर्न लागिएको हो ।

महासंघको अध्यक्ष संघीय समाजवादी फोरमबाट चन्द्रविक्रम राई र महासचिव नयाँ शक्तिबाट टेकम बाठा मगर हुनेछन् ।

दिउँसो १२ बजेदेखि सुरु हुने घोषणासभामा समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई वक्ताको रुपमा रहनेछन् ।

कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुद्वारा विविध सांस्कृतिक प्रस्तुतिका साथै जातीय पहिचान झल्कने मौलिक झाँकी समेत प्रदर्शन गरिनेछ ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार