समाजवादी पार्टीको चुनाव चिन्ह पञ्जा

  Manaslu Post  1853 पटक हेरिएको

काठमाडौं । समाजवादी पार्टीको चुनाव चिन्ह पाँच औलासहितको दायाँ हत्केला (पञ्जा) भएको छ ।
तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबिच एकता भएर समाजवादी पार्टी बनेपछि चुनाव चिन्ह पञ्जा भएको हो ।

निर्वाचन आयोगको गत असोज ८ गतेको निर्णय अनुसार आफ्नाे पार्टीको चुनाव चिन्ह पञ्जा भएको समावादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

तत्कालिन संघीय समाजवादी फोरमको चुनाव चिन्ह हातले समातेको मसाल थियो । नयाँ शक्ति पार्टीको चुनाव चिन्ह आँखा थियो ।

अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबिच एकता भई संघीय समाजवादी फोरम बनेको थियो ।

सोअघि संघीय समाजवादी पार्टीको चुनाव हिन्ह छाता थियो । अहिले राष्ट्रिय जनता पार्टीको चुनाव चिन्ह छाता छ ।
तर राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबिच पनि एकता हुने बताइएको छ । सो एकतापछि फेरि पनि चुनाव चिन्ह फेरिनसक्नेछन् ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार