गोरखा । बैकल्पिक राजनितिक शक्ति निर्माणका लागि एकिकृत बनेको समाजवादी पार्टी सहिद लखन गाउँपालिका गोरखाको समायोजन तथा सपथ ग्रहण कार्यक्रम शुक्रवार सहिद लखन गाउँपालिकामा सम्पन्न भएको छ ।
राजेश आलेको अध्यक्षतामा समाजवादी पार्टीको सहिद लखन गाउँपालिकालाई पुर्णता दिदै ३१ सदस्यीय समिति गठन भएको छ ।
उपाध्यक्षमा ठाकुर तिवारी , शोभा मग्राती , इन्द्र प्रसाद पोखरेल , सचिव दिनेश कुमार श्रेष्ठ, सह सचिव नवीन श्रेष्ठ र कोषाध्यक्षमा कल्पना थापा सहित ३१ सदस्यीय समिति गठन भएको हो ।
उक्त गाँउपालिका समिति घोषणा भेला कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य गोपाल बाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा विशिष्ट अतिथि केन्द्रीय सदस्य एव पुर्व सभासद ज्ञानेन्द्र कुमाल,जिल्ला अध्यक्ष नारायण खत्री , पालिका अध्यक्ष रोहित पान्डे , नगरपालिका अध्यक्ष लगायतले मनतव्य एव शुभकामना राखेकाथिए ।

1105 पटक हेरिएको 

