
गोरखा २०७४ बैसाख १५ । नेपाली काग्रेस पाटीले धार्चे गाउपालिकामा उमेदवार चयन गरेको छ । विगत लामो समयदेखि नेपाली काग्रेस पाटीमा निरन्तर योगदान दिदै महासमिति सदस्य सम्म भएका समाजसेवी एवं लाप्राक गा.वि.सको पुर्व सचिव सन्तोष गुरुङलाई सर्वसम्मत धार्चे गाउपालिका प्रमुखको उमेदवार चयन गरेको नेपाली काग्रेस पाटीले जनाएको छ ।
त्यसैगरी उप प्रमुखमा गुम्दाकी विगत लामो समयदेखि नेपाली काग्रेसमा सक्रिय र एनजियोमा रहेर सामाजिक सेवा गर्दै आएकी फुलमाया गुरुङलाई चयन गरिएको नेपाली काग्रेस
गोरखाले जनाएको छ ।
हारे पनि जिते पनि धार्चे गाउँ पालिकामै रहेर समाजको सेवामा लागेर वाँकी जिवन विताउने वताउने विकासको निम्ती सहिदै वन्न परे पनि पछि नपर्ने सन्तोष गुरुङ आफ्नो पार्टीमा मात्र लिप्त नभएर विकासको निम्ती कसैसँग केहि सम्झौता नगर्ने स्वच्छ छविको एवं विकासको लागी धेरै अनुभव वटुलेका समाजसेवीको रुपमा चिनिन्छन । यदि आफुले जितेमा सवैलाई मिलाएर लाने र
धार्चेलाई विषेश क्षेत्र वनाउने उनको लक्ष्य रहेको बताउछन ।
विधार्थी कालदेखि निरन्तर गाउँको सेवामा सर्मपित सन्तोष गुरुङले उत्तरीगोरखाका आदिबासी जनजातिका आवाजलाइृ वुलन्द गर्ने अन्याय परेका जनताहरुलाई प्रजातान्त्रिक तवरले न्याय दिने,गोरखाको पर्यटन विकासमा लाग्ने,लेकाली जनता र विकासका लागी विभिन्न उपाए निकाली आर्थिक अवधारण ल्याएर छोटो समयमै चमत्कारी पुर्ण विकासमा लाने संकल्प वोकेको वताउछन ।

1719 पटक हेरिएको 

