प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  1302 पटक हेरिएको

बंगलादेशको राजधानी ढाकामा भइरहेको प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ।

नेपालले सोमबार भएको खेलमा किर्गिस्तानलाई ३–० को सेटमा पराजित गरेको हो।

नेपालले पहिलो सेट २५-१५ ले जित्यो। दोस्रो सेटमा २५-१९ ले विजयी भएको नेपालले तेस्रो सेटमा २५-२० को जितको जित निकाल्यो।

यसअघि नेपालले आइतबार भएको खेलमा अफगानिस्तानलाई ३–० को सेटमा पराजित गरेको थियो।

प्रतियोगितामा नेपालसहित घरेलु टोली बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र कीर्गिस्तानले प्रतिस्पर्धा गरिरहेका छन्।

राउण्ड रोविन लिग अनुसार शीर्ष २ टिमले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालले अरुणा शाहीको कप्तानीमा खेलिरहेको छ।

फिल्म हेर्नुहाेस :-

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार