
बैसाख १९ गोरखा । नयाँ शक्ति पार्टी नेपालले गोरखाको स्थानिय तहमा आफ्नो उमेदवार मनोनयन पत्र दर्ता गराएका छन । नयाँ शक्ति पार्टी नेपालले गोरखाका विभिन्न गाउपालिकाहरुमा गएर पस््रतावक र सर्मथकसहित मनोनयन दर्ता गराएका हुन । यसै गरि गोरखा नगर पालिका अध्यक्ष ज्ञानेन्द्र कुमाल उपाध्यक्ष पुर्णमाया वन्त,चुमनुव्री गाउपालिका अध्यक्ष रिङजिन दोर्जे लामा,उपाध्यक्ष रञ्जना ढकाल, धार्चे गाउपालिका अध्यक्ष लक्ष्मन गुरुङ आरुघाट गाउपालिका अध्यक्ष हुकुम खड्का,उपाध्यक्ष मन कुमारी गुरुङ, सुलिकोट गाउपालिका अध्यक्ष जित बहादुर घले,उपाध्यक्ष सिर्जना पोखरेल, अजिरकोट गाउपालिका अध्यक्ष गणेश तामाङ,उपाध्यक्ष सीता पोखरेल, सिरानचोक गाउपालिका अध्यक्ष महेश गुरुङ,उपाध्यक्ष सुमित्रा ढकाल, भिमसेन गाउपालिका अध्यक्ष चित्र कुमार श्रेष्ठ,उपाध्यक्ष मिलन न्यौपाने देवकोटा, सहिद लखन गाउपालिका अध्यक्ष गोपालबाबु श्रेष्ठ,उपाध्यक्ष कल्पना थापा, गण्डकी गाउपालिका अध्यक्ष कुमार तिवारी,उपाध्यक्ष दुर्गा गुरुङसहितका सवै वडाको अध्यक्षसहित पदाधिकारीहरुको पनि मनोनयन गरिसकेको छ । चुनावचिन्न एकहातले बोकेको मसालसहित चुनावमा होमिएको नयाँ शक्ति पार्टी नेपाललाई पुर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराइको गृहजिल्ला भएकाले गोरखाको निर्वाचनलाई चासोको साथ हेरिएको छ ।

1332 पटक हेरिएको 

