उपमेयर उमा थापा मगरले गरिन स्वास्थ्य मन्त्रालयलाई प्रश्न : २५० किटले नेपालगन्जलाई पुग्छ ?

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  1837 पटक हेरिएको

काठमाडौं– कोरोना भाइरसका संक्रमित बढेको नेपालगन्जमा स्वास्थ्य मन्त्रालयले ध्यान कम दिएको भन्दै गुनासो गरिएको छ। नेपालगन्ज उपमहानगरपालिकामा हालसम्म २३ संक्रमित देखिएका छन्।

नेपालगन्जमा संक्रमित वृद्धि भएपनि मन्त्रालयको ध्यानाकर्षण नभएको प्रति चिन्ता व्यक्त गरिएको हो। उपमेयर उमा थापा मगरले उपलब्ध २५० किट अपर्याप्त रहेको ट्विटमा उल्लेख गरेकी छन्।

‘जसरी संक्रमितको संख्या देखिएको छ त्यो हेर्दा के २५० किट पर्याप्त हो?’ थापाको मन्त्रालयलाई प्रश्न छ, ‘सुदूरपश्चिममा २ जना संक्रमित भेटिँदा सिङ्गो स्वास्थ्य मन्त्रालय पुगेको थियो। यता ( नेपालगन्ज)मा एकै पटक यति ठूलो संख्यामा संक्रमित देखिँदा खोई स्वास्थ्य मन्त्रालय?’

सुदूरपश्चिममा कोरोनाका दुई संक्रमित देखिएपछि मन्त्रालयले चिकित्सकसहित ३३ जनाको टोली गत महिना पठाएको थियो।

नेपालगन्ज-८ मा संक्रमितको संख्या बढेपछि प्रशासनले तीन दिनको लागि कर्फ्यू लगाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार