धौलागिरिमा नेपाली पथ प्रदर्शक आङनिमा शेर्पा बेपत्ता

  मनास्लु पोष्ट  1233 पटक हेरिएको

जेठ ९, काठमाडौं । धौलागिरि गाउँपालिका– ४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट सोलुखुम्बुको चौंरीखर्क– ३ का ३० वर्षीय आङनिमा शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार साँझदेखि सम्पर्क्विहीन शेर्पाको स्थलगत र हेलिकप्टरमार्फत खोजी तीव्र बनाइएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताए । हिमालयन एक्पिडिसिनमार्फत भारतीय एयर फोर्सका १४ आरोहीको टोलीको पथप्रदर्शकका रुपमा शेर्पा धौलागिरिमा गएका थिए । आरोहणमा गएका भारतीय टोली भने सुरक्षित रहेको प्रनाउ खड्काले बताए । रासस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार