कोईलाबासमा खानेपानीको संकट

  मनास्लु पोष्ट  891 पटक हेरिएको

दाङ ९-जेठ/ नेपाल भारत सिमानामा पर्ने दाङको कोईलाबासमा खानेपानीको चरम संकट सृजना भएको छ । भएका पानीका स्रोतहरु सुकेपछि अहिले कोईलाबासबासीहरुलाई खानेपानीको चरम संकट परेको हो ।

खोलामा निरन्तर ढुंगाजन्य बस्तुहरुको दोहन हुनु, मुहानको संरक्षण नहुदा पानीको हाहाकार भएको छ । भएका धाराहरुमा पानी आउन छाडेको छ भने कुवाहरु पनि सुकेपछि पानीको हाहाकार भएको स्थानिय रसिव सिद्धिकीले बताए ।

नेपाली भुभागमा पानीका स्रोतहरु सबै सुके पछि कोईलाबासबासीहरु भारतमा पुगेर पानी ल्याउन बाध्य भएका छन् । सिमानामा रहेको भारतिय सुरक्षाबल एसएसबिको शिबिरबाट नेपालीले पानी ल्याउने गरेका छन् ।

कुनै बेला राप्ती अञ्चलकै व्यापारिक द्धार रहेको कोईलाबास अहिले भने विकासमा निकै पछाडि परेको छ । साविकको कोईलाबास गाबिस स्थानिय तहमा रुपन्तरण भए पछि गढवा गाउँपालिकाको वडा नम्बर ८ बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार