एकैदिन १४५४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्रै ६९६

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  450 पटक हेरिएको

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १४५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५१ हजार ९१९ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १० हजार ७०१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई ९७२ जना ‘डिस्चार्ज’ भएका छन् । हालसम्म कुल ३६ हजार ६७२ जना निको भएर घर फर्केका मन्त्रालयले जनाएको छ । हाल देशभर १४ हजार ९२५ सक्रिय सङ्क्रमित छन् भने क्वारेन्टिनमा ६ हजार ७८ जना छन् ।

त्यसैगरी कोरोना संक्रमणबाट विगत २४ घण्टामा थप ५ जनाको मृत्यु मन्त्रालयले जनाएको छ । हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६९६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

काठमाडौंमा मात्रै ६२० जना संक्रमण देखिएको छ भने ललितपुरका ३८ र भक्तपुरका ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा ६९६ सहित पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५४ जना कोरोना संक्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार